भट्टराईको राजनीति फेरि प-यो अन्यौलमा

राजनीति समाचार

राजनीति अन्यौलमा : भट्टराई कुहिराको काग

काठमाडौं । यही असार २९ र ३० गते मापसेको वीरगञ्जमा उपेन्द्र यादवको नेतृत्वमा बसेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको कार्यकारिणी समिमिका अध्यक्ष डा. बाबुराम भट्टराईसमेत ९ जना कार्यकारिणी समिति सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । जसपाको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका वरिष्ठ नेता असोक राईलाई कार्यकारिणी समितिको अध्यक्षमा चयन गर्ने निर्णय पनि गरेको छ ।

यो बैठक बसेको एकदिन अगाडि गत असार २८ र २९ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक राखेका थिए । वीरगञ्ज अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले कार्यकारी समितिका अध्यक्ष भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई पार्टीबाट निष्काशन गरेपछि जनता समाजवादी औपचारिक रुपमा विभाजित भएको भनेर बुझ्नुपर्दछ ।

तर, निष्काशनमा परेका अध्यक्ष भट्टराईले विभाजनलाई कानुनी मान्यता र वैधानिकता दिने स्थिति भने छैन । किन भने दलसम्बन्धी कानुनअनुसार पार्टी विभाजनका लागि ४० प्रतिशत केन्द्रीय समितिका सदस्य र ४० सै प्रतिशत सांसद आवश्यक पर्दछ । तर, बाबुराम भट्टराईपक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद् छैनन् ।

त्यसकारण आपूm र आफ्नो समूहको राजनीतिलाई अगाडि बढाउन बाबुरामले नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको छ । संविधानसभाबाट संविधान लागु भएपछि आपूm कम्युनिस्ट सिद्धान्तबाटसमेत अलग भएको भन्दै माओवादी केन्द्र परित्याग गरेर २०७३ साल जेठ ३० गते आफ्नो नेतृत्वमा नयाँ शक्ति नामक पार्टी गठन गरेका थिए ।

यो पार्टीलाई बैकल्पिक राजनीतिक शक्ति बनाउने उद्घोष गरिएको भएपनि २०७४ सालमा सम्पन्न आमनिर्वाचनमा आपूmले विजय प्राप्त गर्न भट्टराई नेपाली कांग्रेसको सहारा लिनुपरेको थियो । आफ्नो नेतृत्वमा नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने ठहर गर्दै २०७६ सालमा नयाँ शक्तिलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गराएका थिए ।

तर, अहिले उपेन्द्र यादवसँग सँगै बस्न र सहकार्य गर्न नसक्ने स्थिति बनेपछि बाबुराम भट्टराई जनता समाजवादीबाट बाहिरिएका छन् । उता उनी र उनी निकटकधा ८ जना केन्द्रीय नेतालाई वीरगञ्जमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सदाका लागि पार्टीबाट निष्काशन गरेको छ ।

आमनिर्वाचन संघारमै आइपुगेको अवस्थामा अब बाबुराम भट्टराईले नयाँ पार्टी गठन गरेर चुनावी मैदानमा उभ्याउनुपर्ने भएको छ । यसका लागि भट्टराई नयाँ पार्टी गठनको तयारी अगाडि बढाएका छन् । निर्वाचन आयोगमा नयाँ पार्टी गठन गर्न सजिलो भएपनि आगामी आमनिर्वाचनको मुकाविला गर्न र नेपालको राजनीतिमा स्थापित हुन भट्टराईलाई निकै कठिन पर्ने टिप्पणी राजनीतिवृत्तमा चर्चा छ ।

यो वास्तविकतालाई बुझेर भट्टराईले आगामी आमनिर्वाचन कुनै राजनीतिक दलसँग गठबन्धन गरेर उत्रने योजना बनाएका छन् । तर, भट्टराईले नेतृत्व गर्ने प्रस्तावित पार्टीसँग कुन दलले एकीकरण गर्छन् भन्ने चाहीं एकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *