ट्रष्टबाट केपी ओली रित्तै

राजनीति समाचार

काठमाडौं । स्वास्थ्य उपचारका लागि राज्य कोषबाट २०५४ देखि २०७२ सालको फागुन ३ गतेसम्म १७ करोड ६६ लाख ६७ हजार लिएका एमाले अध्यक्ष केपी ओली अहिले औषधी उपचारको लागि छटपटाएका छन् । पूर्व प्रधानमन्त्री केपी ओलीले आफ्नो घरजग्गा आफ्नै नातेदारहरुलाई देखावटी ट्रष्टको रुपमा सुम्पेका छन् । केपी ओलीको नाममा बनाइएको त्यो ट्रष्टको अवस्था कस्तो छ ? नेकपा एमालेका अन्य नेतालाई थाहा छैन ।

राजनीतिमा दुष्ट नेताको उपमा पाएका आफुबाहेक अरुलाई ठूलो पद दिन नचाहने नेताको रुपमा केपी ओली चिनिन्छन् । केपीले ट्रष्ट खोले, सम्पत्ति ट्रष्टमा राखे । एमाले उपाध्यक्ष विष्णु पौडेलले सुकुम्बासीका नाममा २०५२ असोज १९ गते रुपन्देहीमा लिएको घडेरी बेचेर बालुवाटार ललिता निवासमा घडेरी किन्न कसरी सके ? उनको ललितपुर भैंसेपाटीमा चार तले हवेली पनि छ ।
केपी ओली प्रधानमन्त्री हुँदा ६ करोडको पानी मात्रै राज्य स्रोतबाट खरिद गरी खाएका थिए ।

ओली प्रधानमन्त्री हुँदा राज्यको ऋण १८ खर्ब थियो । प्रधानमन्त्री बनेको ४१ महिनापछि त्यो ऋण १८ खर्ब ४८ अर्ब पुगेको भनाई छ । एमालेलाई केपी ओलीको घमण्डले कता लैजान्छ, चुनावले नै दोउला । बालकोटामा दुई दरबार, झापामा महल भएको केपी ओली आफ्नो जन्मथलो तेह्रथुमको झुपडीमा श्रीमती राधिका शाक्य सहितको पिढींमा बसेको तस्वीर देखाएर लाजको पसारो गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *