सशस्त्रले खोल्यो तस्करी लाइन

समाचार

काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्रले यसपटक सीमा विभाग खडा गरेर राजनीतिक दाउपेचमा सफल हात पारेको छ । कमाण्डमा असफल, प्रदेश २ को कमाण्ड गर्दा विभिन्न सामान पक्राउ गर्ने, छोकडा, सुकमेल, मरिच, पेस्ता, लत्ताकपडाको लाइन खुलाउने चन्द्र प्रकाश गौतमलाई सशस्त्रको कमाण्डर बनाएको छ । झापा निवासी गौतम सेनाबाट सशस्त्र प्रहरीमा आउनु नै उनको कार्यक्षमतामा गनिन्छ । गौतमले कमाण्ड गरेको कुनै ठाउँमा पनि विवाद मुक्त बन्न सकेनन् ।

सानो गौचरण ज्ञानेश्वर गणमा बस्दा राशन काण्ड लागेर शैलेन्द्र खनालले उनलाई बलम्बुस्थित हेडक्वार्टरमा तानेका थिए । केही समयपछि प्रदेश २ मा सरुवा भयो । त्यहाँ वर्ष दिन नपुग्दै बद्नाम एआईजी गौतमकलाई कमाण्डर बनाइएको थियो. । सशस्त्रको आईजीपी राजु अर्याल पाएपछि विवादमुक्त भयो । अर्याल र एआईजी नारायणदत्त पौडेल बिचमा सम्बन्ध राम्रो हुँदा डीआईजी वंशी दाहाल र एआईजी सिपी गौतमको जालझेल सफल हुन सकेन ।

सशस्त्रमा दुइक्षर्् एआईजी थप गर्ने हल्ला चलिरहेको छ । तर एआईजीका दाबेदार किशोर प्रधान र वंशी दाहालको ब्रिफकेस कमजोरीको कारण यो अभियान सफल हुने अवस्था छैन । प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका ज्वाईं दीपेन्द्र कुँवरलाई ऐन नियम लत्याएर स्टाफ कलेज पास नगरे पनि एसएसपीको पहिलो नम्बरमा बढुवा हुँदा आईजीपी अर्यालले हस्तक्षेप धान्न नसक्ने अवस्था थियो ।
सशस्त्र प्रहरी प्रदेश १ का डीआईजी कमल गिरी बद्नाम पात्र हुन् । गिरी संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सेवा गरिराखेका छन् । गिरीले चिनीको पनि तस्करी चलाए, मलको पनि तस्करी गरे । प्रदेशमा आईजीपी राजु अर्याल नै एक वर्ष बिताएको कारण गिरीको सहयोगी बनेर काम गरेका गणेश ठाडामगरले ढाँट्ने ठाउँ भएन । बारा, पर्सा, रौतहट, महोत्तरीको सीमा क्षेत्रमा सशस्त्रको बीओपीहरुबाट तस्करीको लाइन चलेको छ । लुम्बिनी, कपिलवस्तु, चन्द्रौटामा रहेको वाहिनीले भैरहवा, नवलपरासी, नेपालगंज, दाङमा सीमा बीओपीहरुबाट तस्करी खुलाएका छन् । चुनाव र चाडपर्व लागेसँगै तस्करीको लाइन केन्द्रबाट नै चलाइएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *