सबै शीर्ष नेताहरुको चुनावमा खतराको घन्टी बज्ने स्थिति

राजनीति समाचार

काठमाडौं । आम निर्वाचन नजिकिदै जादाँ पाँचदलिय गठबन्धनले बनाएको ११ सदस्यय कार्यदलले लिएको सुझावअनुसार प्रत्यक्षतर्फको १६५ स्थान भागबण्डा नगर्ने निर्णयमा गठबन्धनमा शीर्षनेताहर पुगेका छन् । अब आपसी छलफलबाट प्रत्यक्षतर्फको १६५ सिटको बाडफाँड सहमतिबाट हुने भएको छ । नेकपा एमालेलाई पन्छाउनका लागि पाँचदलको गठबन्धनमा संयुक्तरुपमा चुनावी मैदानमा उत्रिने भएपनि गठबन्धनका शीर्ष नेताहरुको स्थिति नै देखिएको छैन ।

अहिले सम्म हरेक निर्वाचनमा सान्दार सफलता प्राप्त गर्दै आएका कांग्रेस सभापति देउवाका लागि यो पटक ददेरधुरा अरसुरक्षित देखिएको छ ,। उनका पुराना सहयोगी तथा ददेरधुरा जिल्ला कांग्रेस पुर्वसभापति र सुदुरपश्चिम विधान सभाका पुर्व सदस्य कर्ण मलले विद्रोह गरेको कारण यो पटकको चुनाव प्रधानमन्त्र िदेउवाका खतराको स्थितिमा पुगेको अवस्था बनेको हो । यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीका लागि पनि झापाको परम्परागत सिट यो पटक अनिश्चित बन्न पुगेको छ । यदि राष्ट्रिय प्रजातन्त्रपार्टीले नगरेको अवस्थामा केपी ओलीको लागि पनि खतराको घन्टी बन्न्न सक्ने स्थिति देखिएको छ ।

काठमडौंको क्षेत्र नं २ बाट चुनाव लड्दै आएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि यो पटक काठमाडौंको क्षेत्र नं २ सुरक्षित देखिएको छैन । यहि कारणले गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधवनेपाल यो पटकको चुनाव आफ्नो गृह जिल्ला रौतहटकाृे क्षेत्र नं. १ बाट लड्ने योजना बनाएका छन् । तर रौटहटको क्षेत्र नं १ बाट नै लोकतान्त्तिक समाजावदीका नेता अनिल झा पनि लड्ने भएपछि यस समाजवादीका अध्यक्ष नेपाललाई तनाव बन्न गएको छ ।

गठबन्धनको अर्काे एउटा घटक जनतासमाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरीको क्षेत्र नं १ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले चुनौती दिने निर्णय गरेर यादवलाई खतराको घन्टी बजाइदिएका छन् । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा नेकपा एमालेको समर्थनबाट प्युठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सांसदमा विजय भएकी थिइन् । तर, यो पटक गठबन्धनको समर्थनबाट माओवादी केन्द्रको हसिया हथौडा चिन्ह लिएर वामदेव गौतम चुनाव लड्न घोषणा गरेपछि राजमोकी उपाध्यक्ष दुर्गा पौडेलका निम्ती पनि खतराको घन्टी बज्न सक्ने स्थिति आउन थालेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *