राष्ट्रपतिको समर्थनमा देखिन थाल्यो नेपाली सेना

राजनीति समाचार

काठमाडौं । नागरिकता सम्बन्धी विधयेकको कारण सरकारसँग द्वन्द्व बढिेरहेको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले यहि भदौ ८ गते नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायत पूर्व सेनापतिहरु पुनचन्द्र थापा र ग्याजुङ थापा सहित ६ दर्जन नेपाली सेनाका पुर्व जर्नेलहरुसँग भेटवार्ता गरेर राष्ट्रपति भण्डारीले सरकारमथिको प्रभावलाई बढाएकी छन् । राष्ट्रपति भण्डारीले रात्रीभोजका लागि आमन्त्रण गरिएका नेपाली सेनाका प्रधानसेनापति तथा अन्य पुर्वजर्नेलहरुले अहिले विवाद र चर्चामा रहेको नागरिकतासम्बन्धी विधयेकका सम्बन्धमा कुनै टिप्पणी नगरेका भएपनि उक्त विधयेक फिर्ता पठाएकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका छन् ।

नेपाली सेनाका पुर्वजर्नेलहरुले नागरिकता विधयेकक सम्बन्धमा दिएको नेपाली सेनाका पुर्वजर्नेलहरुले दिएको धन्यवादले राष्ट्रपति भण्डारीको मनोबल उठन् पुगेको बताइन्छ । राष्ट्रपति भण्डारीले गत साउनको १५ गते प्रमाणीकरणका लागि आएको नागरिकतासम्बन्धी उक्त विधयेकमाथि विभिन्न १५ जिज्ञाशा राख्दै राष्ट्रपति भण्डारीले प्रमणीकरण नगरी साउन २९ गते सचिवालयमा नै फिर्ता पठाएकी थिइन् । य

स सम्बन्धमा मन्त्रीपरिषद्ले राष्ट्रपति भण्डारीलको सुझावलाई व्यवस्था गर्दै जस्ताकोतस्तै विधयेकलाई फेरि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार गत बिहिबार भदौ २ गते संसदले नागरिकतासम्बन्धी उक्त विधयेकलाई जस्ताकोतस्तै पास गरेको छ । अब यहि भदौ १२ गते बस्ने राष्ट्रिय सभाको बैठकले पनि उक्त विधयेकलाई अनुमादेन गर्न सक्दछ । राष्ट्रिय सभाले बहुमतको आधारमा अनुमोदन गरेर पठाएपछि राष्ट्रपतिले संविधान अनुसार उक्त विधयकलाई प्रमाणीकरण गर्नुपर्ने हुन्छ । आफूले दिएका सुझावलाई व्यवस्था गदै जस्ताकोतस्तै आएको उक्त विधयेकमाथि प्रमाणीकरण गर्न राष्ट्रपतिलाई नैतिक संकट हुने देखिएको छ । यो अवस्थामा राष्ट्रपतिले राजिनामा बाहिरिने सम्भावना पनि रहेको छ ।

तर, राष्ट्रपति भण्डारी राजिनामा गरेर बाहिरिने पक्षमा नै नभएकी र उक्त विधयेक प्रमाणीकरण पनि गर्ने पक्षमा नभएकीले अहिले राष्ट्रपति भण्डारी निकासका लागि तेस्रो विकल्पको खोजीमा रहेकी छन् । तेस्रो विकल्पको खोज्ने र सरकारमाथि दबाब बढाउने उद्देश्यले गत बुधबार साँझा रात्रीभोजको नाममा राष्ट्रपति भण्डारीले नेपाली सेनाका प्रमुख सेनापति सहित ६ दर्जन पुर्व जर्नेलहरुलाई राष्ट्रपति भवन सितल निवासमा घेरा पारेकी हुन् । र, राष्ट्रपति भण्डारीको चाहनाअनुसार रात्री भोजमा भेला भएका जर्नेलहरुले नागरिकताविधयेकको मामिलामा राष्ट्रपतिलाई धन्यवाद दिएर नेपाली सेनाको समर्थन जनाउने काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *