गगनको घमण्डले देउवालाई तनाव

समाचार

काठमाडौं । नेपाली कांग्रेसका गफाडी गगन थापा र विश्व प्रकाश शर्माको योजनाले नेपाली कांग्रेसभित्र भाँडभैलो भएको छ । कांग्रेभित्र तस्करहरुको व्यापार व्यवसाय, ठेकेदारी, तस्करी र बिचौलिया कमिशनरुपी जाग्दै गएका छन् । पेशाले टिकट किन्ने एमाले र माओवादी मात्र छैनन्, मधेसी दललाई बाइपास गर्दैछन् । यता महामन्त्री गगन थापाको घमण्डले बालुवाटर छटपटाएको छ । डा.शेखर कोइरालालाई ४२ प्रतिशत भाग लगाउनुपर्ने बाध्यता संस्थापन पक्षलाई छैन ।
गगनले थापाले आफू प्रमको दाबेदार भएको दाबी गरेका छन् । बालुवाटारले भित्री योजना बनाएको छ । त्यो योजनामा पहिला यसरी नै भाउ खोज्दा डा.शेखर कोइराला मोरङ ३ बाट पराजित भए । यसपटक गगन थापा काठमाडौंबाट गगनलाई हराउन बालुवाटार सक्रिय छ । किनकि अति भएपछि खति हुन्छ । गगनले विकासको नाममा चावहिल गोपीकृष्ण हलबाट कपन जाने सडक खोलाको सडक भनेपछि गगनको हैसियतमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।
कांग्रेस र तीन कम्युनिष्टको बिचमा मुद्दा मिल्दा गठबन्धन बन्यो । संसदको अवधि संविधानको रक्षा, संघीयता, लोकतन्त्रको लागि गठबन्धन भएको हो । एकल तानाशाह व्यापारले परिवर्तनको नाममा मनपरी गर्ने भएपछि त्यही कारण एमालेका नेता केपी ओलीले आफू र आफ्नो समूहको सेवक भएर देशको हितभन्दा गुटको हितलाई जोड दिँदा यो अवस्था आएको थियो । यसपटक एमोलालाई रुचाएर पूर्वपञ्चहरु गठबन्धनमासरिक भएका छैनन् । उपाय छैन । उनीहरुको बाध्यता हो । कतिपय कुरामा राप्रपा र एमालेको केपी ओलीको कुरा मिलेका छन् । चुनाव जित्ने र जनतालाई विकासे नारा दिने गरी झुट कुरा बोल्न एमालेलाई कसैले सक्दैन । हावामा बिजुली घरघरमा ग्यास पाइप, पानी जहाज र रेल कुदाउने सपनाको कथा भन्ने ठाउँ पनि केपीले राखेनन् । किनकी २०७४ सालमा गरेको बाचा कबोली ४१ महिना सरकार चलाउँदा जनताले जानकारी पाए । कम्युनिष्टले सरकार चलाउन सक्दैनन् । कमिशन र बिचौलियाको पछि लाग्दा कसरी नेपालको विकास हुन्छ । बतास, थामसेक, अग्रवाल र दुगडहरु जागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *