५ वर्षको कार्यकालमा राष्ट्रलाई अर्बौंको नोक्सान ?

समाचार

राजनीतिक दलहरुको सांसदको पद गत असोज १ गते रातिबाट समाप्त भएको छ । सांसदको कार्यकाल समाप्त भएसँगै अधिकाशं ऐन विचाराधीन अवस्थामै रहन पुगेका छन् । विशेषगरी नागरिकता ऐन, संघीय निजामती ऐनदेखि प्रदेश प्रहरीलगायतका विभिन्न ऐनहरु विचाराधीन अवस्थामा रहेका हुन् । प्रहरी प्रदेश विभाग बनेका छन् । संघीय निजामती ऐन ल्याउन नसक्दा स्थानीय र प्रदेशको कामको लागि समस्या सिर्जना भएको छ । विगत लामो समयदेखि संघीय निजामती ऐन लागू गर्न कर्मचारीहरु पनि लागिपरेका थिए । तर सरकारले संघीय ऐन लागू गनृ सकेन ।
निजामती संघीय ऐन ल्याउन नसक्दा कर्मचारी सरुवा, बढुवादेखि अन्य काममा वाधा परेको छ । सरकारकै कारण विकासको काम अलपत्र परेको छ । सरकारले ५ वर्षको कार्यकाल बिताए पनि राज्यकोषबाट तलब भत्ता खाने र राष्ट्रलाई ३ अर्ब ८० करोड भार थप्ने काम राजनीतिक दलहरुले गरेका छन् । दलहरु एकआपसमा घोचपेचदेखि पार्टी फुटाउनेसम्मको गरेका छन् । पार्टी विभाजन गराउन, अध्यादेश ल्याएर पार्टी विभाजन गर्न समेत लागि परेका थिए । राजनीतिक दलका नेताले जनता र देशको लागि भन्दा पनि आफ्नै स्वार्थमा रुमलिएका थिए । त्यतिमात्र नभएर गैरसांसद भएका व्यक्तिलाई मन्त्रीसम्म बनाउन लागिपरेका थिए । गैरसांसदलाई मन्त्री बनाएका थिए । ५ वर्ष कार्यकालमा तलब र भत्ता खाएर देशको बद्नाम गराउने काम अहिलेका सरकार र सांसदले गरे ।
प्रतिनिधि, राष्ट्रिय तथा प्रदेश सभामा ५ वर्षको कार्यकाल बिताएका जनप्रतिनिधिले केही सुधार ल्याउन सकेका छैनन् । केवल नातावाद, भ्रष्टाचार र बेथिती मौलाउने काम गरेको छ । निर्वाचन जनताका लागि हो । तर नेपालमा हुने निर्वाचनहरु जनताका लागि नभई नेता र उनका आफन्तहरुका लागि हुने गरेको छ । जनताको सेवाका लागि चुनिएर आउने जनप्रतिनिधिहरु स्वार्थ र सत्ताको लालचमा फेसका कारण जनता सँधै ओझेलमा पर्ने गरेका छन् ।
प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल व्यर्थमै बितेको छ । अब फेरी उही पुराना र तुच्छ मानसिकता भएका राजनीतिकहरु नै समानुपातिक र प्रत्यक्ष उम्मेद्वारको टिकट लिएर जनतासामु उभिएका छन् । आगामी निर्वाचनमा जनताले स्वार्थी नेतालाई बाइपास गरेर हाम्रो होइन, राम्रोलाई जिताउनुपर्छ भन्ने भावना बोकेर मतदान गर्न जरुरी देखिएको छ । अब समय परिवर्तन भइसकेको छ । यस्ता भ्रष्ट र बुढा नेताहरुलाई निर्वाचित गराएर जनताले समृद्धि र सुखको आशा गर्नु व्यर्थ हो । त्यसैकारण समयलाई बुझेर जनताले यस्ता वृद्ध, पाखण्डी, स्वार्थी र भ्रष्ट नेताहरुलाई पाखा लगाउनै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *