स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज

राजनीति समाचार

काठमाण्डौं । ललितपुर निर्वाचन क्षेत्र नम्वर ३ मा अचमम्म भएको छ । यसपटक जसरी पनि चुनाव जित्छु भनेर रवि लामिछानेको पार्टीबाट उम्मेदवार वनेकी डा.तोसिमा कार्कीको उम्मेदवारी यतिवेला आएर खारेज भएको छ । उनको उम्मेदवारी खारेज भएसंगै ललितपुर क्षेत्र नम्वर ३ मा उनको दलको उम्मेदवार नै रिक्त भएको छ ।

निर्वाचन आयोगले डा.तोसिमाले सरकारी जागीर यथावत राखेर उम्मेदवारी दिएको भन्ने उजुरी निर्वाचन आयोगमा परेपछि आयोगले उनको उम्मेदवारी रद्ध गरेको हो । आयोगले तोसिमाको उम्मेदवारी रद्ध गरेपछि यसवारेमा मतभेद हुन थालेको छ । स्वयम डा.तोसिमाले भने आफुले अध्यापन गर्दै आएको पाटन एकेडेमी अफ हेल्थ साइन्सबाट राजनीनामा दिएको वताएकी छिन ।

यति हुदा पनि किन उम्मेदवारी रद्ध भयो भन्ने उनको सवाल छ ? डा.तोसिमाको उम्मेदवारी रद्ध भएपछि अब यस स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी नै रिक्त भएको छ । कुरा,यति मात्र होइन,उनी उम्मेदवार हुनु अघि ललितपुर निर्वाचन क्षेत्र नम्वर ३ बाट डा.अरनिको पाँडे उम्मेदवार हुन चाहन्थे ।

उनी उम्मेदवार हुन भनेर विदेशबाट नेपाल आएका थिए । तर,नेपालमा आएपछि कोभिड भएको भन्दै उनी उम्मेदवारको रेसबाट आउट भए । उनी विरामी भएपछि उनको ठाउमा डा.तोसिमालाइ उम्मेदवार वनाइएको थियो तर आयोगले उनको उम्मेदवारी नै रद्ध गरिदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *