कर्मचारीको सम्पत्ति देखेर अख्तियार नै ट्वाँ

शिक्षा/स्वास्थ

काठमाडौं । टंगालमा अवस्थित रातो घरले हरेक दिनजसो कोही न कोही कर्मचारी,राष्ट्रसेवक वा सार्वजनिक ओहदामा बसेका व्यक्तिहरु उपर मुद्धा चलाउँछ । त्यसमध्ये केहीविरुद्ध स्टिङ अप्रेसन नै गरिएका हुन्छन् । तै पनि अख्तियारले मुद्धा चलाएका भ्रष्टाचार मुद्धामध्ये ९० प्रतिशतले सफाइ पाइरहेका हुन्छन् ।
जस्तो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजार मालपोत कार्यालयका पाँचौ तहका कार्यालय सहयोगी होमनाथ खतिवडालाई पाँच हजार रुपैया घुससहित रंगेहात पक्राउ ग¥र्यो । खानतलासी गर्दा उनको साथमा ३ लाख १८ हजार ६०० नगद र ७ लाख ५० हजार चेक भेटियो । यी मात्र होइन अनुसन्धानको जिम्मेवारी पाएका अख्तियारीका अधिकारीहरु घुस्याहा कर्मचारीको सम्पत्ति देखेरै अचम्मित भएका छन् । त्यस्तो घटना सुनाएको हुन अख्तियारका केही कर्मचारीले । अख्तियारको टोली केही अघिमात्र इन्जिनियर नवराज सत्याललाई २८ लाख घुससहित पक्राउ गरे । इन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीका लागि उनीहरुले घुस मागेको उजुरीको आधारमा टोलीले अनुसन्धान गर्दा उनको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएकोमा खानतलासीको क्रममा थप ९ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटियो । आठौं तहका कर्मचारी सत्याल २०५५ सालमा सरकारी सेवामा प्रबेश गरेका थिए । उनको घाँटीमा ५ तोलाको सुनको सिक्री, हातमा ४ तोलाको सुनको औँठी र आइफोन १४ प्रो मोबाइल लगायतका मंहगा र बिलासी सामान । यस्का अलवा भक्तपुरमा करोडौंको बंगला,निजी गाडी । एउटा अधिकृतको सम्पत्ति देखेर अख्तियारका अधिकारी नै चकित खाए ।
अर्काे उपसचिव उस्तै भेटिए जो आफूलाई भविष्यको मुख्यसचिव हुँ भन्दै कर्मचारीबीचमा खोक्दै हिड्ने ! गोल्ड मेडलिष्ट पर्यटन उपसचिव प्रमोद नेपाललाई केही महिना अघि २२ लाख घुससहित पक्राउ परे । बेलायतमा अध्ययन सकेर नेपाल फर्किएको ८ महिनामै उनलाई नागपोखरीबाट अख्तियारको टोलीले समाएको थियो । यसरी रंगेहात समातिएका कर्मचारीहरु विशेष अदालतका न्यायधीशलाई मिलाएर उम्कदै आएका छन् । होइन भने आर्थिक वर्ष २०७७÷७८ मा गैर कानूनी सम्पत्ति आर्जनतर्फ १८ वटा मुद्दामा एक अर्ब ९ करोड ६१ लाख माग दावी गरिएको छ । गैरकानुनी सम्पत्ति आर्जनका १८ वटा मुद्धा खोतल्दा रकानुनी सम्पत्ति आर्जनका १८ वटा मुद्धा केलाउँदा ५३ कर्मचारी फन्दामा परेका हुन् जसमध्ये ३२ पुरुष २१ महिला कर्मचारी भेटिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये कति सम्पत्ति राज्यको नाममा आयो ?
आर्थिक बर्ष ७८÷७९ को प्रतिवेदन अनुसार,१९ कर्मचारीसँग झण्डै २३ करोड गैरकानुनी सम्पति भेटिएको र ती उपर विशेषमा मुद्धा दायर भएको छ । अक्ुतमा डामिएकाहरुमा अर्थ मन्त्रालयमा कार्यरत रहि हाल अवकाश पाएका शाखा अधिकृत उद्धवप्रसाद थपलियासँग १ करोड ६४ लाख ८९ हजार ७ सयको गैरकानुनी सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै सुदूरपश्चिम प्रदेश सरकारको वन निर्देशनालयमा कार्यरुत निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियारले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैंया बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल निलम्बित सह न्यायधिवक्ता सुरेन्द्रबहादुर थापासँग ६१ लाख २ हजार ७६,नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठसँग ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैंया बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ । हाल निलम्बनमा रहेका नासु देवीबहादुर थापासँग १ करोड ८७ लाख ४७ हजार १४९ रुपैंया बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको सो प्रतिवेदनमा उल्लेख छ । यस्तै अख्तियारका अनुसार विथ ल्यावका मालिक (तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक) भीमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैंया बराबरको स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै विशेष अदलातमा मुद्धा दायर भएको छ । साथै नासु गणपति झाका विरुद्ध २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैंया बराबरको सम्पत्तिको स्रोत खुल्न सकेको छैन । यीमध्ये कति कर्मचारीबाट अकुत धन जफत गरी तिनको सम्पत्ति राज्यको नाममा आउँछ ? वा यो पनि उही प्रतिवेदन सार्वजनिक गर्ने र सकिने मात्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *