अधिकांश ट्राफिक प्रहरीको कमाइ ‘टिपर’

समाचार

काठमाडौं । अहिले यतिखेर राजनीतिक दलहरुलाई चुनावको चटारो छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलाई कमाइको खेती बन्ने गरेको छ । कतिपय ट्राफिक प्रहरीले नेपाली नागरिकहरुलाई बिना गल्ती लाइसेन्स लिएर सताइरहेका छन् भने सशस्त्र प्रहरीले सीमा सुरक्षामा खतिएका चोरी, तस्करी, राजस्वछली ल्याएको सामानमा कमिसन देखि भन्सार छलाउनेसम्मको काम गरेर कमाइको थलो बनाइका छन् । उता, नेपाल प्रहरी भने विभिन्न होटलहरुबाट मैनावारी अशुल्ने, जुवातास खेलाउने सम्मको धन्दालाई समेत छुट दिँदै आएको छ । त्यसैगरी ट्राफिकप्रहरीले टिपर व्यवसायीसँग मैनावारी लिने गरेको देखिन्छ । कतिपय टिपरहरुले अन्धदुन्ध टिपर चलाएर स्कुटर देखि मोटरसाइकल चलाउनेसम्मको र बाटो हिँड्ने बटुवाको समेत टिपरको ठक्करको कारणले मृत्यु हुने गरेकोले टिपर चालक र सहचालकलाई आरोप लाग्दै आएपछि कतिपय सर्वसाधारण जनताले टिपर चालकहरुमाथि आन्दोलन समेत गर्दै आएका छन् । नेपाल प्रहरीले टिपर व्यवसायीलाई बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्मको समय दिएर ढुवानी गर्न दिएको थियो । तर, अहिले टिपर व्यवसायीहरुले ८ बज्न नपाउँदै साँगादेखि धुलिखेलसम्म टिपरको ताती लाग्ने गरेको छ । र विभिन्न निर्माणका सामान अन्य सामानहरु ओसार पसार गर्ने गरेका छन् । त्यसै निर्माण व्यवसायीको सामान ओसारपसार गर्दा ट्राफिकप्रहरीको कमाइको थलो बन्ने गरेको छ । उता, नौबिसेदेखि थानकोटको चेकपोष्टसम्म टिपरहरुको ताती लाग्ने गरेको छ । तर, सो टिपर चालकहरुसँग ट्राफिक प्रहरीले महिनावारी दिने हप्तामा दिने टिपर सञ्चालहरुलाई आफू खुसी समयहेरी छाड्ने गरेका छन्, भने महिनावारी हप्ता नदिने टिपर सञ्चालकहरुलाई ९ बजेपछि मात्र छाँड्ने काम गरेका छन् । अधिकांश ट्राफिक प्रहरीको कमाइको थलो भनेको टिपर व्यवसायी र सर्वसाधारण जनताबाट लाइसेन्सबाट हुने गरेको छ । अहिले सवारी चालकहरु ट्राफिक प्रहरीदेखि हैरान बनेका छन् । ट्राफिक प्रहरीलाई देख्ने बित्तिकै यातयात व्यवसायीहरु बरबराएसँगै ट्राफिकप्रहरीलाई गाली गर्न थालिहाल्छन् । यसैगरी ट्राफिकप्रहरीले विभिन्न माइक्रोे सञ्चालन, ट्याम्पु सञ्चालक, गाडी सञ्चालन देखि अन्य व्यवसायसँग गोप्य रुपमा यति सहयोग गर्नुप¥यो भन्दै महिनावारी उठाउने र यातयात क्षेत्रलाई कमाइको थलो बनाएको आरोप एक सहचालहले तामाकोशीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *