स्वास्थ्य तथा सूचना सञ्चार केन्द्रमा डा. सुनिल केसीको ब्रम्हलूट

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपाल सरकारले स्वास्थ्यको लागि भनेर सबैभन्दा बढी बजेट विनियोजन गरेको पाइन्छ । तर, अधिकांश सरकारी अस्पतालमा कतिपय बिरामीहरुले सर्वसुलभ र समयमा उपचार पाइरहेका छैनन् । कतिपय दूर्गम वस्तीहरुमा त परैजाओस् काठमाडौं उपत्यकाको घनावस्तीमा रहेका सरकारी अस्पतालहरुमा समेत व्यापक रुपमा नियमितता र भ्रष्टाचार भएकाले बिरामीहरुले समयमै उपचार र औषधि नपाएका हुन् ।

देशैभरका बिरामीहरु काठमाडौं आउने तर समयमा उपचार र औषधि नपाउँदा कतिपयले प्राइभेट अस्पतालमा ठूलो धनराशी खर्च गर्नुपर्ने र कतिपयले पैसा अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आइपर्ने गरेको छ । यस्तै अहिले स्वास्थ्य तथा सूचना सञ्चार केन्द्र टेकूले नेपालको सातवटै प्रदेशमा स्वास्थ्यसम्बन्धी सन्देशमूलक सूचना प्रवाह गरी विभिन्न रोगबाट बच्ने उपायहरुको जानकारी आमसर्वसाधारणहरुलाई गराउनुपर्ने हो । तर, त्यस्ता सूचनाहरु व्यवसायिक पत्रकारहरुद्वारा नियमित प्रकाशित र प्रसारित सञ्चार माध्यमलाई दिइ सबैको पहुँचमा प्रचारप्रसार गरी पु¥याउनुपर्नेमा त्यो गरेको अवस्था छैन ।

कतिपय दूर्गम हिमाली जिल्लाहरु जस्तो दार्चुला, अछाम, मुगु, कालिकोट, हुम्ला, जुम्ला, बाजुरा, रुकुम, रोल्पा, मनाङ, मुस्ताङ, ताप्लेजुङ लगायतका जिल्लाहरुमा बसोबास गर्ने जनताले त्यसरी सूचना प्रवाह गरेको थाहा पाउने गरेका छैनन् । तर, स्वास्थ्य तथा सूचना केन्द्र टेकूले भने ठूलो धनराशी खर्च गरेर त्यस्ता जनताको नाममा प्रचारप्रसार गरेको भन्दै करोडौं रुपैयाँ कर्मचारी, विचौलियाको मिलेमतोमा हिनामना गर्ने गरेका छन् । खासगरेर स्वास्थ्य तथा सूचना केन्द्र बु्रसर, पम्लेट, डकुमेन्ट्री, सडक नाटक, गोष्टी, सेमिनार, मिटिङ, देशविदेश भ्रमण गरेर प्रचार, प्रसारको नाममा करोडौंको भ्रष्टाचार गरी खाने गरेका छन् ।

प्रचारको नाममा कर्मचारी नजिक रहेका केही अनलाइ पोर्टलहरुलाई सूचना दिएजस्तो गरेर आँखामा छारो हाल्ने काम गरेका छन् । यस्तै अहिले स्वास्थ्य तथा सूचना केन्द्रका निर्देशक डा. सुनिल के.सी. रहेका छन् । उनलाई तत्कालीन सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीहरु र हालका मन्त्रीहरुले स्वास्थ्य तथा सूचना केन्द्रबाट सरुवा गर्नको लागि पाँचौपटक प्रयास गर्दा पनि उनी सरुवा भएका छैनन् । किन कि उनले स्वास्थ्य तथा सूचना केन्द्रमा बसेर करोडौं कमाइसकेका छन् ।

त्यसकारण उनलाई कहाँ कसलाई कसरी पैसा खुवाउनुपर्ने, कुन कुन निकायलाई खुसी पार्नुपर्ने भन्ने कुराको राम्रो जानकारी भएको हुँदा उनी अहिले पनि स्वास्थ्य तथा सूचना केन्द्रमै कार्यरत रहेका छन् । तर, उनी सरुवा होइन अझ बढुवा हुने तरखरमा लागिपरेका छन् । लामो समयसम्म स्वास्थ्य तथा सूचना केन्द्रमा बसेर अकुत सम्पत्ति कमाएको बताइन्छ । उनले त्यति मात्रै होइन । स्वास्थ्य मन्त्रालयदेखि विभाग र प्रादेशिक स्वास्थ्य कार्यालयहरुमा समेत स्वास्थ्य क्षेत्रमा राम्रो भन्दा पनि हाम्रो भन्दै सेटिङ गरेका छन् ।

ती प्रादेशिक अस्पतालहरुलाई सूचनाको सामाग्री पठाउने नाममा समेत उनले तरमारेको समाचार सुत्रले बताएको छ । यो त एउटा उदाहरण मात्रै हो । स्वास्थ्य क्षेत्रमा गाडी खरिददेखि विभिन्न टेण्डरको सूचनामा समेत आर्थिक लाभ लिने गरेको समाचार स्रोतको दाबी छ । यसबारेमा तामाकोशी सन्देश प्रतिनिधिले सम्पर्क गर्न खोज्दा उनले फोनसमेत उठाएनन् ।(तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *