वामपन्थी एकताको कसरत

राजनीति लेख

काठमाडौं । नेपालको राजनीतिमा सत्तासमिकरणसँगै यतिखेर वामपन्थी एकताको पनि चर्चा चल्न थालेको छ । अधिकांश वाम शक्तिहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बुद्धिजीवीहरु बताउन थालेका छन् । तर, कतिपय वामपन्थी नेताहरु एकाआपसमा मनमुटाव गरेर मन्टो बटारेर बसिरहेको अवस्था छ ।

तर, पूर्व एमाले नेता वामदेव गौतमले वामपन्थी एकता गर्ने भने तापनि अहिलेसम्म कुनै ठोस निर्णयमा पुग्न सकेका छैनन् । यतातिर तत्कालीन एमालेबाट अलग्गिएका माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीले भने एमालेसँग सहकार्य गरेर अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने अहिलेसम्म टुंगो भइसकेको छैन ।

यतिखेर नेकपा एमाले र नेकपा एसबिच एकता गरेर जानुपर्छ भन्ने नेताहरु पनि एमालेभित्र थुप्रै छन् । एकीकृत समाजवादी एमालेमा नआइ सुखै छैन भन्नेहरुको लर्को पनि त्यत्तिकै छ । उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालभन्दा बाहेक सबै वाम नेतालाई एमालेमा फर्काउन कोसिस गरिरहेका छन् ।

यसैगरी गत शुक्रवार एकीकृत समाजवादीका केही नेतादेखि नेकपा एमालेका नेता र नेपाल कर्मचारी संगठनका कावा अध्यक्षलगायतका व्यक्तिहरु वार्ताको लागि वातावरण बनाउने योजनासहित गत शुक्रबार सिन्धुलीको खुर्कोटस्थित एक रिसोटमा बेलुका ७ बजेतिर भेला भएका थिए । त्यो भेलामा को को नेताको उपस्थिति रहेको थियो र तिनीहरु के निश्कर्ष निकाले भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन ।

त्यस भेलामा जाने एक कर्मचारी नेतालाई सम्पर्क गरेर जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । अहिले अधिकांश वामपन्थी शक्तिहरु मिलेर जानुपर्ने र एकीकृत समाजवादीसमेत सरकारमा लगेर कुनै एउटा महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने जस्ता कुराहरु वामपन्थी दलभित्र उठ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *