बिचौलिया दीपक भट्टको हातमा टेलिकमको साँचो

राजनीति समाचार

काठमाडौं । सरकारी संयन्त्रलाई तन्नम बनाउन विचौलियाहरु कसरी लाग्छन् । घटनाक्रम बुझ्न पर जानै परेन हिजो मंगलबार दिनभरजसो नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएपछि पनि प्रष्ट हुन्छ । त्यहाँ नामुक विचौलिया दीपक भट्टले आफ्ना एसम्यानलाई लगेर पोहोर नै फिट गराइसकेका छन् । अहिले उनै भट्टको प्रतापले अर्काे एउटा सार्वजनिक संस्था नेपाल आयल निगमलाई धुलिसाप बनाउने भित्रभित्रै डिजाइन भइरहेको स्रोतले जनाएको छ ।

उसो त नेपालका अधिकांश सरकारी संस्थाहरु तन्नम छन्,राजनीतिक नियुक्ति चरम भ्रष्टाचारका कारण अधिकांश सरकारी संस्थानहरु धमाधम भासिरहेका छन् । हेटौँडा सिमेन्ट उद्योग,नेपाल वायुसेवा निगम लगायतका ४२ वटा संस्थान चलाइरहेको भए पनि तीमध्ये १९ वटा घाटामा र २२ वटा मात्र नाफामा रहेको उद्योगका एक अधिकारी सुनाउँछन् । ०४८ मा ६२ वटा सार्वजनिक संस्थान नीजिकरणको नाममा ४४ वटामा सीमित पारिएको छ ।

फेरि अहिले सरकारी स्वामित्वमा रहेको सार्वजनिक कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन (एससीटी) हत्याउने खेल भइरहेको छ,भित्रभित्रै । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेसनमा लक्ष्मी ग्रुपले प्रवेश पाएको छ । हालैमात्र लक्ष्मी ग्रुपले साल्ट ट्रेडिङको प्रतिकित्ता १० हजार रुपैयाँभन्दा बढी मूल्यमा लाखौं कित्ता सेयर खरिद गरेको रहष्य बाहिरिएको छ । यस्को प्रमाण खोज्न कतै टाढा गइरहन पर्दैन साल्ट ट्रेडिङको वेव साइडमा गए पुग्छ । जहाँ कल्याण गोविन्द श्रेष्ठ अध्यक्षको भूमिकामा छन् । यस्तै अतुल मल्ल,प्रदीपलाल श्रेष्ठ,अञ्जन श्रेष्ठ,राजेशमान शेरचन र नारायणदास मानन्धर साल्टको सञ्चालक छन् ।

काठमाडौंको कालिमाटीमा केद्रीय कार्यालय रहेको साल्टमा सर्वसाधारणको ७९ प्रतिशत तथा सरकारको २१ प्रतिशत लगानी रहेको छ । अहिले यही कम्पनीलाई लक्ष्मी ग्रुपले कब्जामा लिन खोजेको हो । साल्टलाई कब्जामा लिएर उसको नाममा रहेको काठमाडौंको कालीमाटी, मकवानपुरको हेटौंडा, बाँकेको नेपालगंज, पर्साको वीरगंज लगायतका मंहगा शहरमा रहेको जग्गामा उस्को वर्क दृष्ट्रि परेको उद्योग मन्त्रालयका अधिकारीहरु सुनाउँछन् । गाडी व्यवसायी अञ्जन श्रेष्ठ लक्ष्मी ग्रुपकै सञ्चालक हुन ।

यता अर्काे लफडामा मुछिएको छ साल्ट टे«डिङ । हालैमात्र समितिको बैठकले सेयरमा १० प्रतिशत बोनस र करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको भए पनि शेयर कारोवारको क्रममा लाभांश दिने घोषणा गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशनको कारोवार निलम्बन गरिदिए पछि अर्काे झड्का लागेको छ साल्ट ट्रेडिङ कर्पाेरेसनलाई । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *