काठमाडौं । आफ्नो हैसियत कमजोर भएपछि सत्ता त्याग गर्न नसक्ने रोगले एमालेको नेतृत्व ग्रस्त छ । केपी ओलीको कारण सातै प्रदेशमा स्वीकानुपर्ने बाध्यता छ । प्रदेशको नेतृत्व लिन एमालेले कतै चुकेन । प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीमा माओवादीको साथबाट एमाले र माओवादीको मुख्यमन्त्री भएका छन् ।
प्रदेश १ र गण्डकी एमालेलाई लुम्बिनी, कर्णाली माओवादीलाई बाँडेको भए उपयुक्त हुनेथियो । तर एमालेले आफु कतै नछाड्ने माओवादीलाई दिएका मुख्यमन्त्रीको पदावधि आधा आधा भनियो ।
सुदूरपश्चिममा भीम रावल भड्किँदा एमाले तेस्रो पार्टी बन्यो । सुदूरपश्चिममा नेपाली कांगे्रस १९, माओवादी ११, एमाले १०, समाजवादी ४, नागरिक उन्मुक्ति ७, राप्रपा १ र स्वतन्त्र १ गरी ५७ सांसद छन् । सरकार बनाउन २७ सांसद जरुरी पर्छ । १९ सिटको कांग्रेसले समेत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदको साथ लिएर सरकार बनाउने संख्या पु¥याउन ठाउँ थिएन । एमालेले नागरिक उन्मुक्तिको साथमा मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावललाई अगाडि सारेर सभामुखमा माओवादीका भीमबहादुर भण्डारी अगाडि बढाइयो ।
जताततै एमालेको प्रवृत्ति हावी भएको छ । सुदूरपश्चिममा भने कमजोर बनेको छ । कांग्रेसलाई ठूलो दलको नाताले सरकार बनाउने अवसर आएको बेला नागरिक उन्मुक्ति पार्टीको चेतावनीले पनि काम गरेको छ । प्रदेशमा देखिएको यो विवादको जिम्मेवार केपी ओली नै हुन् । विगतमा भीम रावल किन चाहियो ? राजेन्द्र रावलहरु पनि छन् भनेर गरेको चुनावी भाषणको अहिले समीक्षा हुँदैछ । (तामाकोशीसन्देशबाट)