सञ्चार जगत सामाजिक सञ्जालको शिकार

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिक घटनाक्रमले गर्दा नै अहिले सामाजिक सञ्जाल फस्टाएको छ । त्यो सामाजिक सञ्जालसँगै समाजमा विकृति र विसंगति बढेको छ भने अर्कोतिर व्यवसायी र उद्योगीहरुले पनि आफ्नो व्यवसाय प्रवद्र्धनको लागि सञ्चार माध्यममा सूचना प्रवाह गर्नुपर्ने ठाउँमा त्यो नगरी सामाजिक सञ्जाल रोज्न थालेका छन् ।

अहिले सामाजिक सञ्जालको नाममा टिकटकले प्रख्याति कमाएको छ । त्यसकारण पनि अधिकांश उद्योगी, व्यापारीहरु त्यसकै प्रयोग गरी आफ्नो व्यवसाय प्रवद्र्धनको विज्ञापन गर्न थालेका छन् । यसरी विज्ञापन गर्नका लागि छुट्टै एप बनाएर आफ्नो कम्पनीको लोगोसहित राखी प्रचार गर्ने गरेका छन् । यसरी बिना दर्ता, बिना इजाजत मनमौजी ढंगले सञ्चालन गरिएका ती सामाजिक सञ्जालमा विज्ञापन गर्दा व्यवसायीहरुले न राज्यलाई कर तिरेका हुन्छन् न त विज्ञापनको पूर्ण पाठ नै त्यसमा हुन्छ ।

तर, राज्यलाई कर तिरेर सम्बन्धित निकायमा दर्ता गरेर व्यवसायिक ढंगले सञ्चालित सञ्चारमाध्यम भने पछिल्लो समय सूचना र विज्ञापनबाट बिमुख हुँदै गएको छ । जब कि व्यवसायिक रुपमा सञ्चालित सञ्चारमाध्यमहरुले सधैं राष्ट्र, राष्ट्रियता र नागरिकको हकहितको लागि समाचार सम्प्रेषण गर्ने गरेका हुन्छन् । त्यस्ता सञ्चारमध्यमलाई सूचना दिनुपर्नेमा त्यो नगरी बिना दर्ता आफ्नो कम्पनीको टिकटक बनाएर विज्ञापनको लागि भनेर छुट्ट्याइएको रकम हिनामिना गर्न थालिएको छ ।

सञ्चारमाध्यमहरु विज्ञापनको लागि जाँदा हाकिम साबले ‘टिकटक’ मा दिनु भन्नुहुन्छ’, भन्न थालेका छन् । त्यो मात्रै नभएर कुनै सामाजिक सञ्जालमार्फत भाइरल भएका अमुक महिला र अस्लिल बोल्ने पुरुषहरुलाई प्रयोग गरी विज्ञापनमा रमाउने गरेका छन् । त्यसकारण पनि अहिले अधिकांश बुद्धिजीवी, प्राध्यापक, वकिल, डाक्टर, कर्मचारी, पत्रकार, उद्योगी, व्यवसायी, संवैधानिक निकायका प्रमुखहरुको मर्यादालाई ख्यालै नगरी हावाको भरमा टिकटकले हुर्मत लिने गरेको छ ।

त्यसकारण पनि नेपाली समाज कतातिर जाने हो भन्ने कुरा न त राजनीतिक दलका नेताहरुले ख्याल गरेका छन् न त कुनै पनि संवैधानिक निकायका व्यक्तिहरुले नै त्यसमा ध्यान दिएका छन् । तर, सामाजिक सञ्जालमा रमाउनेहरुको भीड भने दिनप्रति दिन बढ्दै गएको छ । त्यो भीडले गर्दा नेपालको राजनीतिमा समेत नकारात्मक असर परिरहेको छ । त्योसँगै नेपालको अर्थतन्त्रमा समेत गिरावट आएको विज्ञहरुको टिप्पणी छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *