भौतिकमा सरुवा आतंक पछि काजी पुगे गृहमन्त्रालयमा

राजनीति समाचार

काठमाडौैं । सरकारले मन्त्रिमण्डल विस्तार गरेपछि कतिपय कर्मचारीको रुवाबासी हुने हो अहिलेसम्म जानकारी भएको छैन । मन्त्रिमण्डल विस्तारपछि कर्मचारीको दशैं सुरु हुन्छ भने कतिपय कर्मचारीको दशा सुरु हुन्छ । अहिले त्यस्तै हालत भएको छ भौति पूर्वधार तथा यातायात मन्त्रालयमा । केही हप्ता अगाडि मात्रै उच्च निकायका कर्मचारी र कर्मचारी नेताबीचको झन्डै हातहालाहालको स्थिति बनेको थियो । कर्मचारी सरुवाको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सम्हालेको मन्त्रालयमा यस्तो स्थिति सिर्जना भएको पहिलो घटना थियो ।

उता अहिले कर्मचारी सरुवा, बढुवा गर्ने बेला थिएन÷होइन पनि । त्यसरी कर्मचारी सरुवा बढुवा गर्ने भनेको भदौ, असोजतिर मात्रै हो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पर्ने सडक डिभिजन कार्यालय र आयोजनाहरुमा विकास निर्माणको काम लाग्नुपर्ने हुन्छ । तर, अहिले यस मन्त्रालयमा ४० जना उच्च निकायका कर्मचारीहरु सरुवा गरिएको थियो । मन्त्री श्रेष्ठले घुस नखाएको भन्ने हल्ला चलाइए तापनि उनका पीए र सल्लाहकारले मनलाग्दी पैसा उठाएको बताइन्छ । त्योसँगै सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल र मन्त्री श्रेष्ठको मिलेमतोमा ठूलो संख्यामा र्मचारी सरुवा गरिएको बताइन्छ ।

त्यसै कारण पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कुटाकुटको स्थिति सिर्जना भएको थियो । यसरी विवादका बाबजुद पनि मन्त्री श्रेष्ठले ठूलो संख्यामा उच्च तहका कर्मचारी सरुवा गरेका थिए । त्यसरी सरुवा हुनेमा जनकपुर डिभिजन सडक कार्यालयमा अरुण कर्णलाई सरुवा गरिएको छ भने बुटवल–नारायणघाट आयोजनामा आषिश थापा मगरलाई पठाइएको छ । त्यसैगरी दाङ सडक डिभिजन कार्यालयमा गुरु अधिकारलाई पठाइएको छ भने लहान डिभिजन सडक कार्यालयमा रमेश पौडेललाई सरुवा गरिएको छ । त्यस्तै कमला–कञ्चनपुर सडक आयोजनामा खड्गबहादुर श्रेष्ठलाई सरुवा गरिएको छ भने डुम्म्रे–बेशीसहर आयोजनामा रविन्द्र दासलाई पठाइएको छ ।

त्यसैगरी मध्येपहाडी आयोजनामा कल्पना अधिकारीलाई सरुवा गरिएको छ भने भेरी करिडोरमा सुदन अधिकारीलाई पठाइएको छ । त्यस्तै जुम्ला डिभिजन कार्यालयमा दिपेश विष्टलाई सरुवा गरिएको बताइन्छ । अन्य कर्मचारीहरुको त नाम उल्लेख गरिसाध्ये छैन । यसरी बिना सिजन ठूलो मात्रामा उच्च पदस्थ कर्मचारी मन्त्री श्रेष्ठले सरुवा गरेका थिए । यसर बिना सिजन किन कर्मचारी सरुवा गरियो भनी तामाकोशी सन्देशले प्रश्न गर्दा लेनदेनको कारणले हुन सक्छ । हामीले बोल्न मिल्दैन तपाईंहरु आफै खोज्नुहोस् भौतिक मन्त्रालयमा के कारणले सरुवा बढुवा हुन्छ ? त्यो तपाईंहरुलाई थाहै होला । सरकार फेरिएसँगै मन्त्री फेरिन्छन् ।

मन्त्री फेरिएसँगै महानिर्देशक फेरिने चलन पहिलादेखि नै चलेको हो । राजनीतिक दलका नेताहरुले भौतिक मन्त्रालय नै रोज्छन् । त्यसकारणले पनि जति हुनुपर्ने विकास निर्माणको कामहरु भएका छैनन् । लागत बढेर जाने गरेको छ । चाहिँदो नचाहिँदै विषयमा खर्च भएको छ । सांसदहरु आउँछन् फलानो ठाउँमा यति बजेट हालिदिनुप¥यो भन्छन् । त्यो ठाउँ बनाइदिनुप¥यो भन्छन् । कतिपय माननीय सांसदहरुलाई रिझाउन नै मुस्किल पर्छ । हामीजस्ता कर्मचारी हजारौं छन् । कसको कुरा मान्ने कसको नमान्ने हामी त्यसै विलखबन्दनमा पर्ने गरेका छौं भन्दै एक कर्मचारीले गुनासो पोखे ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *