केपी ओलीको साथ छाड्दै एमाले कार्यकर्ता

राजनीति समाचार

काठमाडौं । सबैतिर आफ्नै भक्त खडा गरेका एमाले अध्यक्ष केपी ओलीको भान्सा यो बेला फुटेको छ । किनकि सहयात्री वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य गोकुल बास्कोटाले समेत राष्ट्रपति विद्या भण्डारीको सेवामा छन् ।

अध्यक्ष केपी ओलीले आफ्नो टिमबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल र गोकुल बास्कोटालाई समेत विश्वासमा लिन सकेनन् ।
अहिले अध्यक्ष ओलीसँग भएका उपाध्यक्ष विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल मात्र नभई महेश बस्नेतसमेत टाढिने हुन् कि भन्ने अवस्था छ । जताततै पेण्डुलम हुनेहरुको खोजीमा अध्यक्ष छन् । अध्यक्षको भान्सामा पुगेको टिम नै विद्या भण्डारीलाई सहयोग गर्न पुगेपछि एमाले भित्रको लडाइँ बाहिर आउन थालेको छ ।

एमालेभित्र संसदीय अभ्यासको खेती गर्ने धेरै छन् । त्यहाँ उपाध्यक्षद्वय सुभास नेम्वाङ र अष्टलक्ष्मी शाक्यको हविगत ओलीले नै समाप्त पारेका छन् । जहाँ लोकतन्त्रको उपहास गर्न अभियान चलेको छ । अहिले एमालेजस्तो शक्ति संसदीय अभ्यासको अनुभवी हो । तर त्यो पार्टीले विभाजित शक्तिलाई एकजुट गराउने अभियान चलाएको खण्डमा वामशक्तिबिचको समन्यव गर्ने ठाउँ थियो ।

पार्टीमा एकताको सन्देश दिनका लागि अध्यक्ष केपी ओलीले समाजवादीका अध्यक्ष माधव नेपाललाई उधारो राष्ट्रपति दिनको लागि जस्तो प्रयास भयो, त्यसले एमालेलाई सघाएनन् । किनकि राष्ट्रपति, उपराष्ट्रपतिमा एमालेले उठाएका दुबैजना दण्डित भएका छन् । एमालेले त्यसको रिस संसदमा प्रदर्शन गर्ने अवस्था छ । जहाँ संसद चल्न नदिने योजना बनेको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *