उच्च पदस्थ कर्मचारीहरु नै नक्कली भुटानी शरणार्थी ?

राजनीति समाचार

काठमाडौं । ‘लहरो तान्दा पहरो थर्कने’भनेझैं भएको अहिले कर्मचारी प्रशासन वृत्तमा । खोजी हुँदैथ्यो नक्कली शरणार्थी बनाउने धन्दामा संग्लग्न रहेका गिरोहको । पक्राउ परेका अभियुक्तले पूर्व प्रशासकहरुको नाम पोले पछि प्रहरी अधिकारीहरु नै चकित खाएका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संग्लग्न थिए एक विचौलिया, दाङका सन्देश शर्मा । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य उनी फरार छन् ।

यो प्रकरणमा प्रहरीले पक्राउ पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशवप्रसाद दुलाल, टंक गुरुङ र सानु भण्डारीले नेपालीलाई भूटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लगायतका देशमा पठाउने गर्दै आएको खुल्यो । तर जसै उनीहरुलाई सोधपुछ चल्दै गयो प्रहरी अधिकारीहरु चकित खान थाले । उनीहरुले गृहमन्त्रालयका पूर्व सचिव प्रेमकुमार राई, महेश्वर न्यौपानेदेखि टेकनारायण पाण्डेसम्मकै नाम पोले । यी प्रशासकहरुलाई लाखौं घुस दिएर यो काम गराइएको वयान दिए ।

जसमध्ये टिएन पाण्डेलाई ५० लाख रुपैयाँ घुस दिएको बयान पनि दिए पछि प्रहरीहरु चकित बन्न पुगेका हुन । पूर्व सचिव प्रेम राई,महेश्वर न्यौपानेदेखि टेकनारायण पाण्डे (टिएन)सम्म नक्कली शरणार्थी बनाएर असुली धन्दामा लागेको एउटा गोप्य प्रतिवेदन सार्वजनिक भएको छ । यी तीन जना गृहसचिव हुँदा भुटानी शरणार्थीका नाममा नेपालीको नक्कली परिचयपत्र बनाउने गरेको एउटा गोप्य प्रतिवेदन सार्वजनिक भएसँगै अहिले हल्लाखल्ला मच्चिएको छ ।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा यस्तो बिषय उल्लेख भएको छ । प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ सदस्यका रूपमा थिए भने गृह मन्त्रालयकै शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए । सरकारले तीन महिनाको समयसीमा तोकेर गठन भएको कार्यदलले २०७६ असारमा गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन अझै पनि लुकाएर राखिएको थियो । तर अहिले यही प्रकरणमा जोडिएका अभियुक्तहरुसँग अनुसन्धान गर्दै जाँदा उनीहरुले पूर्व सचिवहरुको नाम पोलिदिएका हुन । २०७७ देखि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर उच्च तहका प्रशासकदेखि राजनीतिक तहका ब्यक्तिसँगको पहुँच देखाएर प्रलोभन र बिश्वासमा पारी ८१ जना पीडितहरुबाट करिब र १३ करोड ६३ लाख भन्दा बढी ठगी गरेको भनि पीडितहरुले दिएको किटानी जाहेरीमा उल्लेख छ ।

पक्राउ परेका व्यक्तिहरुले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरी तिनका आफन्त र नातागोताका व्यक्तिहरुसमेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धी फर्म भर्न लगाई प्रतिव्यक्ति रु. १५ देखि २० लाखसम्म ठगी गरेको त्यसमा पूर्व सचिव,सहसचिवदेखि गृहकै अधिकारीहरुको संग्लनता देखिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । नेपालका प्रशासकहरुमा पदको दुरुपयोग गरी भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाउनेमा प्रेम राई,महेश्वर न्यौपानेदेखि टिएन पाण्डेहरुको नाम अग्रपंक्तिमा आउँछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *