काठमाडौं । नेपाल ‘ग्रे’ लिष्टमा दर्ज भएपछि अर्थतन्त्र नै धरासायी भइरहेको छ । राजनीतिक गतिविधि र जेनजी आन्दोलनपछि झन् सिथिल बनेको अर्थतन्त्रलाई निजी क्षेत्रले केही चलायमान बनाउने प्रयास गरिरहेका छन् । नेपाल आर्थिक रुपमा ग्रे लिस्टमा दर्ज भएर धरासायी बनेको अर्थतन्त्र झन् रास्वपा सरकार बनेपछि सुनसान भएको थियो । धरासायी भएका उद्योगधन्दा र व्यापार व्यवसायलाई नयाँ ढंगले अगाडि बढाउनको लागि उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व चयन गरेर सरकारसँग सहकार्य गरी उद्योगी व्यापारीहरुलाई सहजीकरण गर्ने प्रयास गरेपछि निजी क्षेत्रमा केही उत्साह पलाएको थियो । त्यो उत्साहसँगै निजी क्षेत्रबाट सञ्चालित विभिन्न गाडी व्यवसायीहरुले अटो शो गरेर सुनसान प्रायः रहेको अर्थबजारलाई केही चलायमान बनाउने प्रयास गरेका छन् ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गत साउन २६ देखि ३१ गतेसम्म प्रदर्शनीमार्ग भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आयोजना गरेर नेपाली अर्थबजारलाई केही भए पनि चलायमान बनाउने प्रयास गरेको थियो । त्योसँगै हिजो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आयोजना गरेर नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गरिरहेको छ । सो नाडा अटो शो आयोजना ६ दिनसम्म चल्ने आयोजक पक्षले जनाएको छ । भृकुटीमण्डपमा आयोजित नाडा आटो शोमा २ सय स्टलहरु राखिएका छन् । त्यसमा १ सय ५० भन्दा बढी ब्रान्डका गाडीहरु प्रदर्शन गरिएका छन् । शोमा यात्रुवहाक २३ वटा, चारपाङ्गे २५ वटा, हल्का व्यवसायी १७ वटा र दुई पाङ्ग्र १३ वटा सवारीका ब्रान्ड समावेश गरिएका छन् । त्यसमा ७२ कम्पनीले ब्याट्री, इन्जिन आयल, हेलमेट, वेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेक्सि प्रणाली तथा ईभी चार्जिङ उपकरणहरु प्रदशनीमा राखिएका छन् ।
५०औं वार्षिकोत्सवको उपलब्धमा भएको १८ औं नाडा अटो शो स्थलमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन, खल्ती एप मार्फत अग्रिम खरिदको व्यवस्था, निश्चित अवधिका लागि ५० प्रतिशत क्यास व्याक, मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया र पार्किड्डलगायतको व्यवस्था गरिएको छ । त्योसँगै आपतकालिन स्वास्थ्य टोली, सिसिटिभी सुरक्षा निगरानी तथा आगो नियन्त्रण व्यवस्था र व्हीलचेयर मैत्री रहेको छ । अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एच.पी. लुब्रिकेन्ट्स् प्रेजेन्ट्स् नाडा अटो शो २०२६ मा उपस्थिति रहेकाले नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई उज्यालो बनाउँदै नवीनतम प्रविधिको अनुभव लिन नाडाले प्रयास गरेको छ । हिजो भदौ ९ गतेबाट सुरु भएको उक्त शो ६ दिन सम्म चल्ने छ । उक्त नाडा अटो शो २०२६ मा करिव २ लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ । सो नाडा अटो शो २०२६ ले नेपाली अर्थतन्त्रलाई थोरै भए पनि चलायमान बनाएर नयाँ रोजगारी सिर्जना गर्ने सर्वसाधारणको आँकलन रहेको छ ।

