कन्सल्टेन्सी व्यवसायीलाई राज्यले स्टेक होल्डर मानेन

अन्तरवार्ता विविध

विदेशमा उच्च शिक्षा लिने विद्यार्थीको संख्या बढिरहँदा विद्यार्थीको उडानमा नयाँ आयाम थप्ने काम एजुकेसन कन्सल्टेन्सीले गरिरहेका छन् । एजुकेसन कन्सल्टेन्सीमा पछिल्लोसमय भित्रिएको विकृति र तिनको कारण साथै त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा यती बेला चासोको विषय बनेको छ । काठमाडौंको डिल्लीबजारमा रहेर विद्यार्थीलाई परामर्श दिँदै आएको ग्लोबल रिच कन्सल्टेन्सीले यस क्षेत्रमा कसरी कम गरिरहेको छ, ग्लोलब रिचले दिने सेवा, विदेश अध्ययन जाने विद्यार्थीको रुचि, शैक्षिक परामर्श व्यवसायलगायतका विषयमा चार्टड एकाउन्टटेन्ट नारायण बजाजसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० ग्लोबल रिच कन्सल्टेन्सी स्थापना हुनुको पछाडी कुन तत्वको प्रभाव छ ? कुन उद्देश्यले यो संस्थाको स्थापना गर्नुभएको थियो ?
छोटो समयमा नै नेपालमा ग्लोबल रिच ब्राण्डको रुपमा स्थापित भइसकेको छ । अष्ट्रेलिया र नेपालमा मात्र नभई दक्षिण एसियाली देशहरुमा पनि ग्लोबल रिच लोकप्रिय बनेको छ । धेरै मेहनत गरेर नै हामी यो अवस्थामा आएका हौं । नेपालबाट विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सहज होस भनेर हामीले नेपालमा शाखा स्थापना गरेका हौं । अष्ट्रेलिया लगायत विभिन्न देशमा जान चाहे विद्यार्थीलाई हामीले परामर्श प्रदान गर्छौं ।

० नेपालमा अरू पनि धेरै एजुकेसन कन्सल्टेन्सी छन् । त्यो भिडमा ग्लोबल रिच पनि थपियो । बजारमा भएका अरू कन्सल्टेन्सी भन्दा ग्लोबल रिच के कारण फरक छ ?
बजारको भिडमा हामी थपियौँ कि अरू थपिए ? भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । हामी भिडमा थपिएका हैनौँ । हामी एजुकेसन कन्सल्टेन्सीको सुरुवात गर्ने मध्येमा पर्छौँ । अब हाम्रो अरु भन्दा के फरक छ भन्दा हामीले पारदर्शितामा र सेवामा जोड दिन्छ । विद्यार्थीलाई शैक्षिक परामर्श दिन्छौं । विदेशमा पढ्न चाहेको कोर्ष, विद्यार्थीको आर्थिक र शैक्षिक क्षमताअनुसार कुन विश्वविद्यालय उपयुक्त हुन्छ । विश्वविद्यालयको शुल्क, छात्रवृत्ति, भिसा प्रक्रियाको बारेमा सहजीकरण गर्छौं ।

० विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । हाम्रोमा भिजा सक्सेस रेट उच्च छ । हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी दिन्छौं । त्यसै अनुसार परामर्श दिन्छौं । विद्यार्थी हामीबाट सन्तुष्ट हुनुहुन्छ । विद्यार्थीको रुची क्षमता र चाहना अनुसारको विषय छान्न हामी परामर्श दिन्छौं । त्यसै अनुसारको कलेज तथा युनिभर्सिटी छान्न हामी सहयोग गर्दछौं । त्यहाँ गएपछि पनि विद्यार्थी सन्तुष्ट भएको हामीले पाएका छौं ।

० ग्लोबल रिचमा विद्यार्थी किन आउने ?
हामीकहाँ आउने विद्यार्थीलाई कुनै शुल्क लिँदैनौं । सर्भिस फ्रि दिन्छौं । अन्य कन्सल्टेन्सीले केही शुल्क लिने गरेका छन्। हामी कहाँबाट एप्लाई गर्ने विद्यार्थीलाई निःशुल्क आइएलटिएसका कक्षा सञ्चालन गरेका छौं। दक्ष तालिम प्राप्त काउन्सेलरले विद्यार्थीलाई काउन्सिलिङ गर्छन् । अन्यमा जस्तो दुई चारवटा मात्र विश्वविद्यालय होइन हामी विद्यार्थीले चाहेको सिटीका धेरै विश्वविद्यालयबाट रोज्न सक्छन्। विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक क्षमताका आधारमा सिफारिस गर्छौं । छात्रवृत्तिको अवसर पनि दिन्छौं । सुझाव पनि दिने हो । निर्णय विद्यार्थीले नै गर्छन् ।

० कन्सल्टेन्सीको आ–आफ्नो विशेषज्ञता हुन्छ ।ग्लोबल रिचको विशेषज्ञता कुन देशमा हो भन्ने प्रश्नमा तपाईँको जवाफ के रहन्छ ?
विद्यार्थीलाई सहज तरिकाले सही तथा सत्य तथ्य जानकारी हामीले दिदै आइरहेका छौं । हामीले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेका छौं । सेवा हेरेर नै ब्राण्ड स्थापित हुने हो । विद्यार्थी तथा अभिभावकको बीचमा हामी लोकप्रिय बन्न सफल भएका छौं । पोखरामा पनि हामी सफल छौं । काठमाडौं भन्दा पोखरामा काम गर्न पनि केही सहज छ ।

विद्यार्थीको इच्छा, चाहना, रुची तथा आर्थिक अवस्था अनुसार हामी कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्छौं । त्यसै अनुसार परामर्श दिन्छौं । अष्ट्रेलियामा अध्यापन हुने कोर्ष तथा विषयको बारेमा जानकारी दिन्छौं र छनोट गर्न भन्छौं । छात्रवृत्ति लगायत कलेज तथा युनिभर्सिटीका नीति नियम तथा विशेषताबारे बताउछौं । नेपालमा मात्र नभई अष्ट्रेलिया पुगेपछि पनि हामी विद्यार्थीलाई सहयोग गर्छौं । अभिभावकीय भुमिका निर्वाह गर्छौं । विद्यार्थीसँग कुनै सेवा शुल्क लिदैनौं । समय समयमा सेमिनार तथा फेयर आयोजना गर्ने गरेका छौं । अष्ट्रेलियामा रहेका ४२ युनिभर्सिटीसँग हाम्रो सम्वन्ध छ । ती युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएर काम गरिरहेका छौं ।

० विद्यार्थीहरु के विषय अध्ययन गर्न जाने गरेका छन् ?
नेपालबाट जाने विद्यार्थी अस्ट्रेलियाको माइग्रेसन पोलिसीको आधारमा जान्छन् । त्यहाँ जाने ९० प्रतिशत विद्यार्थी साइन्स, विजनेस एकाउन्टिङ, आइटी, इन्जिनियरिङ अध्ययन गर्न जाने गरेका छन् । अमेरिकामा विज्ञान प्रविधि, इन्जिनियरिङ, विजनेस अध्ययन गर्न जान्छन् । देशअनुसार अवसर फरक छ । ग्लोबल रिचले निजी कलेजमा पठाउँदैन । विश्वविद्यालयमा मात्र पठाउँछौं । निजी कलेजले धेरै विद्यार्थी लिएकाले अस्ट्रेलियामा संख्या निकै बढेको छ । निजी कलेजमा फी सस्तो रहेको छ । कतिपय अस्ट्रेलियाका निजी कलेजमा ८० प्रतिशत विद्यार्थी नेपाली छन् । विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि नभए पनि निजी कलेजमा पढ्न जानेको संख्या ह्वात्तै बढेको छ । यो विषयमा अस्ट्रेलियन सरकारले पनि चासो राखेको छ । अहिले अस्ट्रेलियाका निजी कलेजमा जाने विद्यार्थीको कडाइ गरेको छ ।

० विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई यहाँको के सुझाव छ ?
अध्ययनका लागि विदेश जाने विद्यार्थी कुन विषय पढ्ने आफैँ निर्णय गर्नुपर्छ । जानु पहिला सहज भएर गुगल सर्च गरेर कुन देशको प्रतिनिधि हो पत्ता लगाएर मात्र विद्यार्थी कन्सल्टेन्सी जानुपर्छ । धेरै विद्यार्थी तथा अभिभावकले सस्तो कलेजलाई प्राथमिकता दिने गरेका छन् । सस्तोलाई मात्र हेर्नु हुँदैन। विद्यार्थीले विश्वविद्यालय र कलेजको गुणस्तरमा ध्यान दिनुपर्छ । विश्वविद्यालय वा कलेजमा अध्ययन गरेको हो भनेर रोजगारदाताले हेर्छ । रोजगारीको सीमितता भएकाले राम्रो विश्वविद्यालयमा अध्ययन गरेकाले स्वतः अवसर पाउँछन् ।

० कन्सलटेन्सी व्यवसाय सञ्चालन गर्न के के समस्या छन् ?
राज्यले कन्सलटेन्सी व्यवसायलाई स्टेक होल्डरको रुपमा चिनाउनु पर्छ । आजको ग्लोबल भिलेजको युगमा जहाँको विद्यार्थी पनि जहाँ गएर पढ्ने वातावरण छ । राज्यले त्यसलाई ध्यान दिनु पर्यो । सबै भन्दा महत्वपुर्ण कुरा नेपालमा करिब १५ सय कन्सलटेन्सी व्यवसाय छन् । यस व्यवसायमा कुनै विदेशी लगानी भित्राउनुको कुनै अर्थ छैन त्यसको आवश्यक छैन । अहिले नेपाली विद्यार्थीलाई विदेशमा गएर पढ्नको सहजताका लागी होस् वा अब विदेशी विद्यार्थीलाई नेपाल ल्याउन होस् हामी सक्षम छौ । त्यसकारण यस्तो पेशा व्यवसायमा विभिन्न बाटोहरु प्रयोग गरेर लुकिछिपी गरेर विदेशी लगानी भित्राई यहाँका कन्सलटेन्सी व्यवसायी धरापमा पार्ने कुरा हामीलाई सह्य छैन । नेपालको रकम विदेश जान दिनु हुँदैन । कुनै एक दुईजनाको स्वार्थको लागि विदेशी लगानी शैक्षिक परामर्शका लगि आवश्यक छैन । अरु ठूला आयोजनाको लागि आवश्यक भए पनि शैक्षिक परामर्श व्यवसाय नेपालीले नै धान्न सक्ने क्षमता छ ।

० समृद्ध नेपाल बनाउन कन्सलटेन्सी व्यवसायको भुमिका के ?
पहिलो त नेपाल लाई शैक्षिक हब बनाउनु पर्छ । अहिले नेपाली विद्यार्थी विदेशका कुना कुनामा छन् ती आफै एम्बेस्डर हुन तिनीहरुले एक एक जना साथी लिएर आए भने नेपालमा लाखौ भित्रने सम्भावना छ । हामी , शिक्षा मन्त्रालय र टुरिजम बोर्डले त्रिकोणत्मक रुपमा यसमा काम गर्न सक्यौ भने नेपालको समृद्धि छिट्टै हुन्छ । जसरी अष्टिे«लिया शैक्षिक हबका कारण समृद्ध बन्यो हामी पनि बन्न सक्छौ । पहिला हामी एडमिसन काउन्सीलमा जान्थ्यो तर अहिले हामी करियर काउन्सिलङमा दिन्छौ । अब विद्यार्थी विदेशमा गएर अध्यान गर्छ त्यो सिपलाई नेपालमा ल्याएर क्यापिटलाईज गर्न सक्यो भने देश समृद्ध बन्न सक्छ । उनीहरुको अनुभव हाम्रो लागी धेरै काम लाग्छ । अब त स्थीर सरकार पनि अएको छ आशा छ सरकारले पनि यसमा राम्रो भुमिका खेल्छ ।सरकारले किन समय(समयमा अनुगमन गर्ने गर्छ ?

० एजुकेसन कन्सल्टेन्सीमा विकृति कसरी आए ? यसको समाधान गर्न के गर्नुपर्ला ?
कन्सल्टेन्सीले गलत गरिरहेको छ वा छैन भन्ने कुरा सेवा लिने विद्यार्थीले नै बुझ्नुपर्ने कुरा हो । तर त्यो भन्दा ठुलो दायित्व राज्यको छ । राज्यले अनुगमन गर्नुपर्ला, रिडिङ र मोनिटरङको सिस्टम राख्नुपर्ला, नैतिक र अनैतिक काम कसले गरिरहेको छ हेर्नुपर्ला । त्यो कुरा बुझ्ने र त्यसलाई पारदर्शी बनाउने काम राज्यको हुन्छ । शिक्षा मन्त्रालयले हामीलाई कन्सल्टेन्सीको एउटा नियममा बाँधिरहेको छ । तर त्यो काम मन्त्रालयबाट प्रभावकारी रूपमा भइरहेको छैन । आज नवीकरण, अनुगमन, तालिम जस्ता कामले प्राथमिकता पाएको छैन । जसले गर्दा कन्सल्टेन्सीमा विकृति देखिएको हो । सबै निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने हो भने समस्या आफै समाधान हुन्छ ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार करिब २ हजार परामर्श व्यवसायीहरु दर्ता भएका छन् । तर, अझैपनि कतिपय कन्सल्टेन्सीहरु, कोचिङ सेन्टरहरु, कम्प्युटर पढाउने संस्थाहरु दर्ता बिना नै निर्वाध रुपमा चलिरहेका छन् । हामीले गर्ने शौक्षिक परामर्शका बिम्बहरुलाई पहिल्याउँदा अभिभावक, विद्यार्थी र उसले पढ्ने संस्थासँग जोडिन जान्छ । मूलत नेपाली विद्यार्थीहरुको शौक्षिक प्रमाणपत्र र आर्थिक क्षमता जगमा बसेर उचित सल्लाह र सुझाव दिँदै आएका छौं । केहीले फटाई गर्छन् कि भनेर भए पनि बेला–बेलामा अनुगमन गरिरहनु पर्छ । विद्यार्थीहरुले सही परामर्श प्राप्त गरुन् । साँचो परामर्श दातृ संस्थाका रुपमा स्थापित हुन सकौं । जसले देशभित्र र देशबाहिर उचित परामर्श दिइ नेपाली वा विदेशी विद्यार्थीको हित अनुकूल कार्य गर्न सकून् भनेर पनि समय–समयमा अनुगमन आवश्यक रहेको देखिन्छ ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *