डा.आरजु र मञ्जुको पोल खोलाखोल

राजनीति समाचार

काठमाडौं । अपराध अनुसनधानमा रहेका बेला आफैंले रिहा गरेर कागजपत्र जलाउँदा पाएको बक्सिस कांग्रेसकी नेता डा.आरजु देउवालाई बुझाएर ११औं नम्बरबाट पहिलो नम्बरका डिआईजी हुँदै आईजीपी बनेका बसन्त कुँवरलाई सरकारले किन बोक्छ ? कांग्रेसको गठबन्धन सरकारमा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष एवं गृह तथा उपप्रधानमनत्री नारायणकाजी श्रेष्ठको चालप्रति जनताले प्रश्न उब्जाए भने के उत्तर दिन्छन् ?

प्रहरी आईजीपी बसन्त कुँवरले आँफैंलाई फुली लगाएका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि छटपटिनुप¥यो. । उनी पनि अर्घाखाँचीका थिए । टोपबहादुर रायमाझीलाई भगाउने केपी ओलीसँग यिनको राम्रो सम्बन्ध थियो । रायमाझी भागेकोमा दुबै खुसी थिए । जब गृहमन्त्री, उपत्यकाका एआईजी अपराधका एसएसपी, काठमाडौं परिसरका एसएसपी बिचमा बालकृष्ण खाणलाई पक्राउ गर्न सहमति भयो । आईजीपीको घेरा खुम्चियो । उनी शेरबहादुरलाई हरेक दिनको सूचना दिने सूचक बने ।

पक्राउ परेका सन्देश शर्मा र केशव दुलालले सरकार वकिल र प्रहरी सामु कडिकडाउ गरे, बोलेको सबै कुरा लिखत खोजेपछि प्रहरी नै अकमकियो । आईजीपी कुँवरले पैसा खाएर अपराधबाट छाडेका मधयेका सानु भण्डारी र सागर राईका कुराबाट सबैको भित्री पौरख खुल्दै गयो । राई, दुलाल र शर्मा, कुँवर केराकारमा छँदा पक्राउ परेर तत्कालीन गृहमन्त्री खाणकै दबाबमा छुटेका हुन् । सचिव पाण्डेले पनि कुँवरको भाग छुटाउनु हुँदैन भनेर यो गिरोहका सदस्य बिचमा छलफल गरेको प्रमाण प्रहरीसँगै छ ।

आईजीपी बसन्त कुँवरको जोड बालकृष्ण खाण, मञ्जु खाण, डा.आरजु देउवालाई जोगाउनु रहेपनि खाण खोरमा पर्दा र प्रहरीकै अनुसन्धानको रिपोर्ट दैनिक मञ्जुलाई बुझाउने देउवालाई जाहेर गर्ने नै हो । मुलुकको गृहमन्त्री प्रधानमन्त्रीको अधिनमा हुन्छ । तर केपी ओलीका विश्वासपात्र रवि लामिछानेले प्रधानमन्त्री प्रचण्ड भए पनि केपी ओलीलाई दैनिक रिपोर्ट दिने गरेको बताइन्छ ।

त्यसकै आधारमा केपी ओलीले प्रधानमन्त्रीलाई धम्क्याउँथे । त्यही प्रवृत्ति कुँवरले गृहमन्त्री नारायणकाजीसम्म पु¥याउनुपर्ने रिपोर्ट पहिले शेरबहादुरलाई दिएर गृहमन्त्रीलाई दिन थालेका थिए । फिस्टे आईजीपीको कांग्रेस–एमाले मोह भंग गर्न गृहमन्त्रीले जसले सघाउँछ उसकै साथ लिएका हुन् । अपराधमा शून्य सहनशीलता अपनाउने घोषणा गरेको कारण एआईजी श्याम ज्ञवाली, एसएसपी डा.मनोज केसी, दानबहादुर कार्कीको टोलीले कयौं विषय आफ्नै कमाण्डरलाई दिन उचित ठानेनन् ।

अहिले पनि आईजीपी कुँवर, कांग्रेसकी आरजु राणा र मञ्जु खाणको अपराध दबाउन सक्रिय छन् । राणासँग पैसा दिएको भन्ने कोही नभए पनि बालकृष्णले आँफै डिल गरेका कारण सत्य लुक्यो । मञ्जुले मन्त्रालयबाटै सुटकेश गाडीमा राखेर निवास पु¥याएकी हुन् । सचिव टेकनारायणको बयानले त्यो बताउँछ । कांग्रेस र एमालेको संयुक्त योजना प्रकरण भएकाले पिडा नेतामा छ । केपी ओलीका पिए राजेश बज्राचार्य, सल्लाहकार अजयक्रान्ति शाक्य, राजेश्वर स्थापितको नाम जोडिँदा कांग्रेसभित्र डा.आरजु र मञ्जुले पोल खोलाखोल गरेपनि माओवादीले छानबिन गर्न सकेको छैन ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *