गोरखाका किसानले लिचीबाट ११ करोड १५ लाखको आम्दानी, यस वर्ष १६ मेट्रिक टन लिची उत्पादन

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी गरेका छन् ।

गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएको कृषि ज्ञानकेन्द्रले जानकारी दिएको हो ।

गोरखामा गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन हुँदा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ। अघिल्लो वर्ष एक सय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएकोले उत्पादित लिची प्रतिकेजी रु ६५ का दरले बिक्री हुँदा किसानहरुले मनग्य आम्दानी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *