प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक बस्दै,सहयोग र सम्बन्ध बिस्तारसम्बन्धी महत्त्वपूर्ण विषयमा सहमति गर्ने कार्यक्रम

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । असार १६ देखि १९ गतेसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले सहयोग र सम्बन्ध बिस्तारसम्बन्धी महत्त्वपूर्ण विषयमा सहमति गर्ने कार्यक्रम छ ।

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् २०१८ मा स्पेनमा नेपालको आवासीय राजदूतावास स्थापना भएको थियो । नेपालका लागि भने दिल्लीस्थित नेपाली दूतावासले काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *