कांग्रेसको पदाधिकारी बैठक आईतबार बस्दै,महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।

सोमबारदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवाले आईतबार पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले आईतबार बिहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरि बैठक बोलाएका हुन् ।

कांग्रेसको यस केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समिति बारे निर्णय हुनसक्ने बताइएको छ ।

कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, थारु सङ्घ, नेपाल दलित सङ्घ, नेपाल किसान महासङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई निर्देशन दिएपनि उनीहरूले सो समयमा महाधिवेशन गर्न सकेका छैनन् भने पार्टीले ति तदर्थ समिति बारे अहिलेसम्म निर्णय लिएको छैन ।

यस बारे केन्द्रीय समितिको बैठकमा सरकारको काम प्रभावकारी नभएको विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसका दुबै महामन्त्री सरकारको काम बारे असन्तुष्ट रहेका छन् र उनीहरुले सरकारले ल्याएको बजेट बारे कुनै टिप्पणी नै गरेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *