भ्रष्ट विकेलाई राजश्व अनुसन्धानको साँचो

राजनीति समाचार

काठमाडौं । नेता, सांसददेखि मन्त्रीसम्मको आर्शिवाद पाए पछि कर्मचारीहरु कसरी मालामाल हुन्छन् भन्ने गतिला उदाहरण हुन मानबहादुर विके । एक जना राजश्व अधिकृतले जागिर खाएको ९ बर्षको अवधिमा कति सम्पत्ति आर्जन गर्न सक्ला ? सुख्खा तलबमात्र हिसाब गर्ने हो भने अधिकृत तहको कर्मचारीले बुझ्ने ४० हजार हाराहारी हो । जति नै खर्च कम गरे पनि यो तलबले दश बर्षमा मुस्किलले पाँच वा सात लाख बचत गर्न सकिएला । तर एक जना अधिकृतले यो अवधिमा झण्डै १५ करोड सम्पत्ति थुपार्न सफल पात्र हुन उनी ।

अकुत आर्जनदेखि राजश्व छलीजस्तो गम्भीर मुद्धामा मुछिएका उनी माओवादी निकट कर्मचारी । रोल्पाली माआवादी नेतादेखि मन्त्रीहरुको आर्शिवाद पाएका उनी करोडौं रकम झ्वाम पार्न सफल भए भन्सारमा हुँदा र पनि चोखाइएका छन् ।माओवादीका नेताहरु बर्षमान पुनदेखि जनार्दन शर्मासम्मको आर्शिवाद पाएका विके रोल्पातिरकै कर्मचारी हुन । केही अघि उनी करोडौं आर्थिक अपचलनमा मुछिए ।

उनी भैरहवा भन्सारमा कार्यरत रहँदा एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएका थिए । यो प्रकरणमा डामिएर उनीसहित नासुहरु शिशिरविक्रम शाह, रामचन्द्र भट्ट, खरिदार अतुलकुमार शर्मा, दाहाल कमिसन एजेन्टका प्रोपाइटर जगतराज दाहाल, माँ मनकामना इन्टरनेशनलका प्रोपाइटर राजनप्रसाद तिमल्सिनाविरुद्ध अख्तियारमा मुद्धा दायर भएको थियो ।

अख्तियारले विशेषमा मुद्धा दायर गरेको थियो । जुन मुद्धामा विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरुलाई सफाइ दियो । विशेषको मुद्दा नम्बर ०७५–सीआर–०३०० मा उनीहरुलाई विशेषले सफाई दिएको हो । रोल्पाका उनका सहकर्मीहरुले दिएको जानकारी अनुसार,त्यहाँ अलिसान बंगला ठडाएका छन् विकले । आजभन्दा ९ बर्ष अघि अर्थात ०६९ सालमा निजामती सेवा प्रवेश गरेका मानप्रसाद बिकले पछिल्लो ९ वर्षमा १५ करोडभन्दा बढी रकम अकुत रुपमा आम्दानी गरे पनि सो को स्रोत देखाउन नसक्दा सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा परेको र सो अनुसन्धानकै क्रममा रहेको स्रोतले जनाएको छ ।

उनी निकटकाहरुका अनुसार विक ०७५ सालमा भैरहवा भन्सार कार्यालयमा पुगेका थिए । त्यही हुँदा हो १५ करोड हाराहारी उठाएको । उनीहरुविरुद्ध १५ जेठ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर भएको थियो । साढे दुई बर्ष पछि काँग्रेस माओवादीको संयुक्त सरकार भएको मौका छोपी नेता तथा मन्त्रीहरुकै दबाबमा उनीसहितका बाँकीलाई चोख्याइएको सिंहदरबारस्थित अर्थ मन्त्रालयकै कर्मचारीहरु सुनाउँछन् ।

राज्यको दशौं करोड नोक्सान पु¥याएका उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५३ लाख ९४ हजार बिगो भराइएको छ । जागिरे जीवनमा मालदार कार्यालयमा बसेर करोडौं लुट्यो र केही लाख रकम तिरे उन्मुक्ति पाउने भएपछि कर्मचारीहरुमा लामो हात गर्ने प्रवृत्ति मौलाउदै गएको छ । अहिले उनै विकलाई राजश्व अनुसन्धान विभागमा ल्याइएको छ ।

यस अघि जनार्दन शर्मा प्रभाकर स्वयंले बिकलाई यसअघि कर कार्यालय न्युरोडमा लैजाने तयारी गरेका थिए । अहिले राजश्व अनुसन्धान विभागमा पठाइएको हो । स्मरण रहोस यस अघि माओवादीका ४ जना मन्त्रीहरुको स्वकीय बसेका विथ ल्यावका साहु भीमकान्त भण्डारी ६ करोडको मुद्धामा विशेषमा चलिरहँदा फरार छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *