सभापति देउवा खड्का र महतको शरणमा

राजनीति समाचार

काठमाडौं । कांग्रेस पार्टीले मुलुकका लागि सोच्दैन । कांग्रेसका नाममा डा.आरजु राणा, मञ्जु खाँण, ज्योत्सना अधिकारीको नांगो नाच प्रशासनिक क्षेत्रमा चल्दै आएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणपछि मञ्जु र आरजु थन्किएका छन् भने परराष्ट्रतिर ज्योत्सनाको चुरीफुरी चलेको छ । तर सशस्त्र र नेपाल प्रहरीतिर फाइदा धेरै हुन्छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसका दीपेन्द्र कुँवरलाई डीआईजी, किशोर प्रधानलाई एआईजी पदमा बढुवा स्वीकृत दिएनन् । गृहको अनुमोदनमा गएका यी दुईको नाममा सशस्त्र बाधक थिएन । बरु केन्द्रीय लेखाका गणेश मल्ल अस्पतालमा सरुवा भएका छन् ।
योग्य र क्षमता भएर छाड्न नसकिने यी थिएनन् । भानु देउवाका बहिनी ज्वाइँ, दिपेन्द्र प्रबन्धमा छन् ।

फौजका लागि प्रबन्ध भन्सार नै हो । सिंहले देउवाको शासन आउनासाथ आफु बढुवा हुने बताएका छन् । तर बन्दीपुरे साहु डीआईजी किशोर प्रधानको लागि थैली दरिलो चाहिन्छ । तनहुँका कांग्रेसी नेताहरु शंकर भण्डारी र प्रदीप पौडेलका कुरा कसैले सुन्नेवाला छैनन् । यी दुबै कांग्रेसमा गल्ला हुन् । डा.आरजु देउवाको प्रहरी सरुवा बढुवाबाट आउने कमाई भुटानी प्रकरणले रोक्यो ।

सशस्त्रका अर्का डन डीएसपी महेन्द्र हमाल भने कल्याणकारी काठमाडौंमा छिरेका छन् । कर्मचारी सरुवा, बढुवा, प्रोजेक्टहरुमा हुने आरजुको हस्तक्षेप पनि रोकिएको छ । श्रीमान् बालकृष्ण खाँण थन्किएपछि मञ्जु हराएकी छिन् । भानु देउवा शेरबहादुर देउवाले विश्वास गरेको पात्र । कर्ण मल्लले समय आएपछि दिएको धोकाले भतिजाहरुको रवैयाबाट शेरबहादुर सर्तक छन् ।

डा.आरजुको पिए बन्दा बन्दै प्रकाश देउवा कञ्चनपुरमा प्रदेश सांसद हुँदै उद्योगमन्त्री भइसके । उनकै कृपाले डा.आरजुको घर मर्मतमा १२ लाख प्रदेश सरकारले दिएको छ । आफ्ना वरपरका मान्छे बद्नाम भएपछि सभापति देउवाले पूर्णबहादुर खड्का, प्रकाशशरण महत बाहेक अरुका कुरा सुन्न छाडेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *