प्रसाईंको आन्दोलन गणतन्त्रविरुद्ध कि वित्तीय संस्था ?

राजनीति लेख वित्त

सावित्री खत्री
कुनै बेला बैंक तथा वित्तीय संस्था भनेपछि नेपाली जनताले आफूले आर्जन गरेको धनसम्पत्तिको संरक्षक ठान्ने गर्दथे । आमनेपालीको विश्वास जितेको बैंक तथा वित्तीय संस्थाविरुद्ध अहिले आन्दोलन चर्किएको छ । आफूले आर्जन गरेको सम्पत्ति सुरक्षित हुनुका साथै आफूलाई आवश्यक परेको बेला तुरुन्तै झिकेर चलन गर्न पाइने भनेर थन्क्याउने थलो बैंक तथा वित्तीय संस्थाविरुद्ध एउटा व्यक्तिको पछि लागेर किन यति धेरै जनता सडकमा उत्रिएका छन् ? यसप्रति सरकारले अलिकति पनि ध्यान दिएको छैन । सरकारमा सामेल दल र प्रतिपक्षी दलहरु व्यक्तिगत तेजाबध गर्दै गालीगलौजमा उत्रिएका छन् ।

उता, आन्दोलनको नेतृत्व गरेका दूर्गा प्रसाईंका समर्थक बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो जाहेजेथा समाप्त पारेको भन्दै आक्रोश पोखिरहेका छन् । तर, दूर्गा प्रसाईं बैंक तथा वित्तीय संस्थाविरुद्ध भन्दा पनि गणतान्त्रिक व्यवस्था फालेर हिन्दूराष्ट्रसहितको राजा फर्काउने अभियानतिर केन्द्रित भएका छन् । हिन्दूराष्ट्रसहितको राजा फर्काउने अभियानमा लागेका दूर्गा प्रसाईंको पछि लागेर किन सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाको विरोध गरिरहेका छन् ? के साच्चिकै बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारण नेपाली जनताको श्रीसम्पत्ति हडपेकै हुन् त ? हुन पनि किन नहोस्, अहिले अधिकांश वित्तीय संस्थाहरुले गाउँगाउँमा पुगेर ऋण प्रवाह गर्ने, गरीव तथा निमुखाको घरजग्गा धितो राख्न लगाउने, महंगो ब्याज असुलेर कौंडीको दाममा धितो लिलामी गर्ने गर्दै आएका छन् ।

केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म पुगेर सहकारी, फाइनान्स, लघुवित्त र बैंकहरुले चर्को ब्याजमा सर्वसाधारणलाई ऋण प्रवाह गर्ने गरेका छन् । वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्दा सर्वसाधारणको तीनपुस्तेसहित घरजेथा धितो राख्ने गरेका छन् । जाहेजेथा धितो राखेर चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्दा ऋणीहरुको उठिवास लाग्ने गरेका थुप्रै उदाहरणहरु छन् । यसरी वित्तीय संस्थाले ऋण दिने नाममा उठिवास लगाएपछि पीडितहरु दूर्गा प्रसाईंको सरणमा पुगेका छन् । दूर्गा प्रसाईंले पनि बैंक तथा वित्तीय संस्थाबाट ठगिएका पीडितहरुलाई आफूले गणतन्त्र फालेर राजा ल्याएपछि सबै बन्दोबस्त मिलाउने आश्वासन दिइरहेका छन् ।

तर, पीडितहरु भने राजा फर्किउन् नफर्किउन मतलब भएन जसरी हुन्छ बैंक तथा वित्तीय संस्थाले हडपेको आफ्नो घरजग्गा तथा सम्पत्ति फिर्ता हुनुप¥यो भनेर आवाज उठाइरहेका छन् । ऋण लिएबापत धितोमा राखेको घरजग्गा कौडीको दाममा लिलामी गरेर हडप्नेमा एनआईसी एशिया बैंक अग्रपंत्तिमा पर्दछ । माडवारीहरुले सञ्चालन गरेको एनआईसी एशिया बैंकले घरजग्गा कारोबार गर्नेेदेखि सर्वसाधारण जनतालाई ऋण दिने नाममा ठग्दै आएको छ ।

यस बैंकले जनतालाई ठगेको मात्रै छैन, अधिकांश संघसंस्थाहरुलाई पनि धरासायी बनाउने काम गरेको छ । एनआईसी एशिया बैंकद्वारा धेरै घरजग्गा कारोबार गर्ने त ठगिएकै थिए । त्योसँगै अधिकांश उद्योगी, व्यवसायी पनि ठगिने गरेका थिए । घरजग्गा कारोबारीदेखि हाउजिङ्ग कम्पनीका मालिक पनि एनआईसी एशिया बैंकबाट ठगिँदै आएका छन् । यतिबेला सर्वसाधारणदेखि गणतन्त्र फालेर राजा स्थापना गर्ने अभियानमा जुटका दूर्गा प्रसाईंले एनआईसी एशिया बैंकबाट सबैभन्दा धेरै ठगिएको बताइरहेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *