डा.शेखरबाट गगन किन छुट्टिए

राजनीति समाचार

काठमाडौं । पार्टीभित्र भाग खोज्ने, जनताको समस्यामा ध्यान नदिने कुरा आदर्शका गर्ने, मन्त्री बनाइएकाहरु भ्रष्टाचारमा मुछिने समस्याबाट ग्रस्त नेपाली कांग्रेसको डा.शेखर कोइराला समूह सुकेनासले ग्रस्त रोगीजस्तै भएको छ । भ्रष्टाचारकी महारानी डा.आरजुको चित्त बुझाउनु नै सभापति शेरबहादुरको एजेण्डा बनेको बेला शुद्धताको कुरा गर्ने, अदालतदेखि अस्पतालसम्म कांग्रेसी खोज्ने, जनताको सेवा भन्दा नेताकै मेवामा नाच्ने प्रवृत्तिको शिकार नेपाली कांग्रेस भएको छ । त्यसैको वरपर फुलमा माउरी घुमेझैं घुमेका कांग्रेसी सांसदहरु र पार्टी केन्द्रीय सदस्यसमेत बद्नाम भएका छन् ।

सरकारले जाजरकोट, रुकुम, सल्यान, बझाङका भूकम्पपीडितको पिडामा चासो नदिएको शेखर समूहबाट महामन्त्री गगन थापा अलग भएका छन् । गगनसँग अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमै चुनाव हारेपनि काठमाडौं ५ बाट सांसद जितेका प्रदीप पौडेलसमेत मिलेका छन् । यो समूहको रणनीति कांग्रेसको नीति अधिवेशन र महासमिति बैठकमा केन्द्रीत छ । डा.शेखर र शेरबहादुर देउवाको भागवण्डे नीतिको विरोधमा यो समूह लाग्यो भने वर्तमान सरकारको कडा भण्डाफोर हुनेछ । भ्रष्टाचार र कमिशनमा रुमलिएको मन्त्रिपरिषद्ले जनताको हितमा काम गरेको छैन ।

कांग्रेसले लिएका ९ मन्त्रालयमध्ये अर्थ, परराष्ट्र, आपूर्ति, स्वास्थ्य र कानून मन्त्रालयले लोकतन्त्रको संस्थागत विकास र व्यवस्थाको सुधार गर्न सकेन । महंगी नियन्त्रण गर्ने आपूर्ति मन्त्रालय सहर सभ्य र स्वच्छ राख्ने सहरी विकास, व्यवस्थाको प्रतिष्ठा बचाउने कानून मन्त्रालय, जनताको स्वास्थ्यमा सुधार ल्याउने स्वास्थ्य मन्त्रालय, कुटनीतिक सम्बन्ध बढाउने परराष्ट्र, महिला बालबालिकाको सेवा पु¥याउने महिला तथा बालबालिका मन्त्रालयले काम देखाउन नसक्दा पनि डा.शेखर समूहले खबरदारी गरेनन् । अर्थमन्त्रालयमा डा.आरजुका बिचौलिया डा.प्रकाशशरण महत जस्ताले लथालिंग बनाउँदा समेत डा.शेखर समूह र गगन ग्रुप बेपत्ता छ ।

कम्यनिष्टको विरोध गर्ने सत्ता र कुर्सीमा प्राण त्याग्ने देउवा समूहको परिचय नबनोस् भन्ने धैर्य गगनको टिमले गरेको भए कार्यकर्ताले गगनको जय भन्थे । मौका पाउँदा व्यवसायी किसानको पैसा हजम गर्ने गगन जस्ताले डा.शेखर समूहको विकल्प खोज्दैमा कांग्रेस सपार्ने विश्वजास गर्ने आधार छैन । केपी ओलीको मपाँइवाद त्यागेर प्रचण्डले सहमति र सहकार्यको नीति लिँदा शेखर गुटलाई बाईबाई गर्ने युवाशक्तिमा समेत इमान्दारिता छैन । गगनले छुट्टै टिम बनाउँदैमा कांग्रेस सुध्रिने भए कम्युनिष्टलाई प्रम दिएर ९ मन्त्रालय लिएर पनि बद्नाम हुने थिएन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *