लोकतन्त्रमा विधिको शासनबाट प्रत्येक काम कारबाही कानूनबाट हुनुपर्नेमा देउवाको जोड

देश/विदेश राजनीति समाचार

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा विधिको शासनबाट प्रत्येक काम कारबाही कानूनबाट हुनुपर्नेमा जोड दिँदै सरकार गठन भएको ६ महिनामै कामको मूल्यांकन गर्नु राम्रो नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले संविधान अभ्यासको समीक्षा गर्ने समय आएकोले कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गरी आवश्यकताअनुसार संविधान संशोधनको परिमार्जन गर्नुपर्ने उनले बताएका छन् ।

विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकोले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच सात बुँदे सहमतिहुँदा कार्यान्वयन गर्ने विषयमा कांग्रेस दृढ रहेकोले यस सहमतिमा अन्य सहयोगी राजनीतिक दलहरुको पनि निरन्तर सहयोग र समर्थन रहनेमा उनले विश्वास व्यक्त गरेका छन् ।
आर्थिक अवस्था उकास्न जरुरी रहेकोले सरकारले व्यावसायिक वातावरण प्रवर्द्धन गर्न, देश भित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याउँदा यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागिपनि सरकारले कानून बनाएको कांग्रेसका सभापति देउवाको भनाई रहेको छ ।

यी कानूनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्वासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्ने र आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएकोले ती अध्यादेशहरू सम्मानित सदनबाट स्वीकृत हुने उनले बताएका छन् । साथै पछि पेस हुने प्रतिस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जन गरी पारित गर्न आग्रह गर्दै कानून कार्यान्वयन गर्न यथाशक्य चाँडो आवश्यक नियम बनाउन सरकारलाई आग्रह समेत गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *