भ्रष्टाचार र बेथितिमा सरकारको एक वर्ष

राजनीति समाचार

प्रधानमन्त्री आक्रमणको सिकार
काठमाडौं । कम्युनिष्ट पार्टीको नेतृत्वले सत्ता चलाउँदा भ्रष्टाचार, बेथिति र अर्कमण्यताको जड बनेको पत्तो पाउँदैनन् भन्ने कुरा कम्युनिष्ट नेताको नेतृत्वको सरकारको एक वर्षमा देखियो । कांग्रेससँग मिलेर कम्युनिष्ट बिचको झगडा चर्काएर संविधान र कानूनको खिल्ली उडाउने काम भएको छ । विगतमा केपी ओलीको घमण्डले बिगारेको कम्युनिष्ट संरचनालाई सबल बनाउनेतर्फ नेताको ध्यान पुगेको छैन । तर भाषण चर्का छन् ।

प्रचण्ड सरकार बनेको आज एक वर्ष पुग्दैछ । एमालेको साथमा शुरुमा सरकार बनेको थियो । प्रधानमन्त्रीले भाषण त गरे । तर जनताको हकहितमा ध्यान दिएका छैनन् । महंगी र भ्रष्टाचार नियन्त्रण गर्न यो सरकारले पनि सकेन । भन्सारबाट सुन तस्करी गर्ने अभियान नै चलाइएको थियो । त्यो पनि माओवादी नेताकै अग्रसरतामा भएको छ । सरकारका मन्त्रीले गरेका काममा भ्रष्टाचार र बेथिति मात्र छ । प्रधानमन्त्री भाषण गर्छन् । तर जनतासँग जोडिएका स्वास्थ्य, शिक्षा, भूमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति, खानेपानी, जलस्रोत तथा उर्जाजस्ता मन्त्रालयहरुले यो एक वर्षमा केही प्रगति गर्न सकेनन् । प्रधानमन्त्रीको सचिवालय बिचौलियाहरुले भरिएको छ ।

सरकारमा भएकाहरुले जनसेवा गर्न नसक्दा समाज कतातिर जाँदैछ ? कम्युनिष्टले देश बनाउँदैनन् भन्ने त केपी ओलीको एकलौटी सरकारले देखाएको छ । अहिले पनि प्रमको सचिवालयको हस्तक्षेप बढेको छ । सरकारमा ६० प्रतिशत भाग ओगटेको कांग्रेसले आफ्नै मातहतका मन्त्रालय र विभागबाट गर्न सक्ने जनपक्षीय काम गर्दैनन् । कालोबजारी चलेको छ, उद्योग र आपूर्ति मन्त्री कांग्रेसकै छन् । कानून मिच्ने र अपराधी छुट्ने गरेका छन् । कानूनमन्त्री कांग्रेसकै छन् । स्वास्थ्यमा भद्रगोल छ, कांग्रेसका मन्त्री छन् । भन्सार छली, भ्रष्टाचार र तस्करी चलेकै छ । अर्थमन्त्री कांग्रेसकै छन् ।

अर्थमन्त्रीले काम सकेका ठेकेदारका भुक्तानी रोकेका छन् । प्रचण्ड सरकारको एक वर्ष देशले गरेको प्रगति भनेको लुटतन्त्र हो । गृहमन्त्रीको अडानबाट देशकै युवा ठग्ने बालकृष्ण खाँडदेखि देखि टोपबहादुरसम्मले जेल परेका थिए । अदालत लगाएर खाँड छुटे रायमाझी छुट्दैछन् । सशस्त्र प्रहरी थमन विकको हत्याका सहभागी एमाले सांसद लक्ष्मी कोइरीले सफाई पाए । सुन तस्करसँग जोडिएका जनार्दन शर्मा वर्षमान पुनः कृष्णबहादुर महरासमेत जोगिए । कम्युनिष्टले गर्ने विकास यही हो । यो साता मन्त्रिमण्डल विस्तार हुने सम्भावना छ ।

जनताको चाहना भनेको कालोबजार नियन्त्रण भ्रष्टाचारको अन्त हो । पासपोर्ट लिन लाईन, लाइसेनस लिन लाइन, जिल्ला प्रशासनबाट राष्ट्रिय परिचयपत्र र नागरिकता लिन लाइन लाग्नुपर्ने व्यवस्थाबाट टोकन प्रणाली लागू छ । त्यहाँ घुस दिँदा त्यो प्रणाली दब्छ । माओवादीभित्रै माओवादी नेता अव्यवहारिक भएका छन् । गुटको आधारमा कार्यकर्ताको काम गर्ने प्रवृत्ति बढेको छ । घुस लिएर अरु काम गर्ने कार्यकर्ताको नगर्ने त दिनानाथ शर्माजस्ता भ्रष्ट छन् । त्यो काम अहिले पनि जारी छ ।

एमाले नेता केपी ओलीले कांग्रेसबाट फुत्काएर एमालेसँगको सहकार्यमा राप्रपा, रास्वपाजस्ता प्रतिगामी शक्ति मिलाएर बनाएको सरकारले ३३ दिनमा रुप बदलेको थियो । केपी ओलीले पुस २६ गते संविधान भत्काउने, संसद भंग गर्ने, भाषण गर्दा संसद र संविधानका पक्षधर माओवादी जसपा नेकपा एकीकृत र कांग्रेस एक भएका हुन् । वामपन्थी संरचना भएपनि केपीको ४१ महिना माफियाको दिन आए, जनताको दिन आएन् । अहिले प्रचण्ड सरकारको हालत त्यस्तै छ । यो सरकारले राजनीतिक सहकार्य त ग¥यो, तर आफ्नो कामको समीक्षा गरेन् । कामको समीक्षा हुँदा भ्रष्टाचार बेथितीको वर्षका रुपमा चिनिने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *