किन बन्दैछ राष्ट्रिय सभा डम्पिङ साइट ?

राजनीति समाचार

काठमाडौं । जसरी निजामती प्रशासन र वित्तीय संस्था र संस्थान एवं समितिहरुमा कर्मचारी नेताको स्वार्थमा काम हुन्छन्, त्यस्तै अवस्था देशको कानून बनाउने नीति निर्माण थलो राष्ट्रिय सभालाई नेताको स्वार्थका स्थान बनाइएको छ । सत्ता गठबन्धनले उठाएका गरेका उम्मेद्वार नै विजय हुँदैछन् । त्यसैकारण एमाले, राप्रपाजस्ता शक्ति बिचमा पनि एकता भएन । चुनावी एकता भएपनि जित्ने अवस्था थिएन ।

राष्ट्रिय सभालाई चुनाव हारेका र जनताले नपत्याएकाहरुलाई थन्क्याउने थलो बनाइएको छ । एमालेले चुनाव हार्ने ठाउँमा पनि क्लसटर मिलाएन भने कांग्रेसबाट त्यो हुनै सकेन । कांग्रेसले कोशीमा कृष्ण सिटौला, मधेशमा आनन्द ढुंगाना, लुम्बिनीमा पुष्पा भुसाल उम्मेद्वार बनाएको छ । जनजाति, अल्पसंख्यक, महिला, अपांगजस्ता क्षेत्रका नेताहरुलाई दलहरुले संविधानअनुसारको मौका दिएका छैनन् । पार्टी नेताका श्रीमती र आफन्त समानुपातिक सूचमा पारेजस्तै भएको छ राष्ट्रियसभा ।

एमालेका अध्यक्ष केपी ओलीकै कारण फर्केको त्यो मौका पनि गुम्यो । ओलीले माधव, झलनाथलाई जसरी अपमान गर्थे, त्यस्तै व्यवहार माओवादीप्रति देखापरेको छ । मौका नपर्दासम्म माधव र झलनाथले समयको सदुपयोग गरे । माओवादी विचार र सिद्धान्तबाट पनि ध्वस्त थियो । भ्रष्टाचार र तस्करी पनि सक्रिय थियो । औपचारिक रुपमा पतन भएका दलहरुले राष्ट्रिय सभालाई पंगु बनाएका छन् ।

मोहनविक्रम सिंहकी कान्छी श्रीमतीलाई पनि फेरी राष्ट्रिय सभामा पठाइँदैछ । स्थानीय तहमा दुई सय मत पनि नभएको नेकपा मसालको भगिनी मोर्चा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनित सांसद बनाइँदैछ । उनी २०७९ को चुनावमा सत्ता गठबन्धनकै उम्मेद्वार थिइन । २०८४ को चुनावमा प्युठानबाट कांग्रेसले संघीय संसदको टिकट पाउने गरी मसालबाट उम्मेद्वार बनाएपनि दुर्गालाई एमालेका सूर्य थापाले हराएका थिए । कांग्रेसका गोविन्द पोखरेलको टिमले गठबन्धनलाई हराएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *