प्रचण्ड लज्जित बन्दै

राजनीति समाचार

काठमाडौं । सत्ताका लागि अस्थिर प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले आफ्ना विश्वासप्राप्तहरुको चरित्रबाट दिक्क भएका छन् । प्रधानमन्त्रीलाई परिवारवादले ग्रस्त बनाएको छ । त्यो ग्रस्तताका बिचमा उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको पुत्रहरुको तस्करी मोहले माओवादीकै बद्नाम भएको छ ।

सुन तस्करसँग सत्ताका पारखीहरुको सम्बन्ध हुनु नौलो होइन । तर माओवादीका नेता नन्दकिशोर पुन र कृष्णबहादुर महरा संवैधानिक अंगका नेतृत्व लिएको बेलामा यस्ता धन्दा चलाइएका छन् । माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा पुत्र र पत्नी पनि नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सहकारी ठगीमा जोडिएका छन् । सूर्यदर्शन सहकारी सचिव समेत रहेका उपराष्ट्रपति पुत्र दिपेश पुनलाई प्रहरीले पक्राउ गरेर लुम्बिनी पु¥याएको छ भने महरा पुत्र राहुल जेलमा छन् ।

चिनियाा तस्करहरुले उपराष्ट्रपति पुत्रको परिचयपत्र समेत सार्वजनिक गर्दा ४ केजी सुनको भुक्तानी नभएको प्रचार भयो । महरालाई भेप काण्डका चिनियाँ व्यापारीलाई सहयोग गर्दा दशा लाग्यो । अमला रोका नामक रोल्पाली महिलासँग बेल्जियम नागरिक आङ दावको सम्बन्ध हुनुले अर्थमन्त्री वर्षमान पुनसँगको तस्वीर पनि एकाएक आयो । वर्षमानको अरु सम्बन्ध देखिएन । कारोबार भएको पाइएन उनी जोगिए । जनार्दन शर्मा र वर्षमानकै योजनामा महरालाई रोशनी प्रकरण थला पारिएकै थियो ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको गठबन्धनपछि देशभक्त राष्ट्रवादी बन्ने कोसिस गर्दै छन् । अपराधमा सहभागी नेता कार्यकर्ता जोसुकै होस् कारबाही चपाउन प्रमको निर्देशनले आँफैं विवादित गृहमन्त्री रवि लामिछाने पनि मच्चिएका छन् । एमालेका नीतिगत भ्रष्ट, माओवादीका सुन तस्कर भएपछि पार्टीको अस्तित्व कसरी रहन्छ ? नेकपाको चाल देखेर वाम एकतामा जोड दिने चिनियाँ कम्युनिष्ट पार्टी दंग परको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *