दुर्गाले नपाउँदा मसाल कांग्रेसतिर…

राजनीति समाचार

काठमाडौं । कांग्रेसले बेलाबखत वामपन्थी शक्तिको सहारा पाउँछ । यसपटक नेकपा मसाल पाएको छ । प्रधानमन्त्री प्रचण्डले नै पुरानो गठबन्धन भत्कँदैनथ्यो भने जनमत नभएको नेकपा मसालकी नेतृ दुर्गा पौडेललाई राष्ट्रपतिले गर्ने मनोनित सांसद बनाउन सहमति भएको थियो ।

वाम सहकार्य र गठबन्धनमा प्रवेश गर्दा फाइदा लिने दल राष्ट्रिय जनमोर्चा हो । २०७४ सालमा जनमोर्चाबाट यिनै दुर्गा प्यूठानबाट सांसद भईन । २०७९ मा माओवादीकै कारण जनमोर्चाले बाग्लुङ २ र प्युठानमा चुनाव लड्ने मौका पायो । यसपटकको गठबन्धनमा मसाल सहभागी भएन । मसालका कुरा चर्का काम शून्य छन् ।

प्रधानमन्त्रीलाई काम गर्न नदिने कांग्रेसका दुई भ्रष्ट अर्थमन्त्री डा.प्रकाशशरण महत र स्वास्थ्यमन्त्री मोहन बस्नेतको कारण सरकार फेरियो । कांग्रेसले असहयोग गरेको कुरा मसालले चाल पाएन । त्यो पार्टीका एक्ला सांसद चित्रबहादुर केसीका कुरा चर्का हुन्छन् । काम पार्टीका महासचिव मोहनविक्रम सिंहको स्वार्थमा भर पर्दछ । सिंहले २०७९ मा चुनाव हारेकी कान्छी पत्नी दुर्गा पौडेललाई राष्ट्रिय सभामा लगिदिन सिंहले स्वीकारेका थिए । तर राजनीति भने फेरियो ।

दुर्गा सांसद बन्न नपाएपछि मसाल वामपन्थी कित्ताबाट कांग्रेससँग मिल्यो । कांग्रेसले मसाललाई भोट हाल्दैन भन्दै डा.गोविन्द पोखरेल २०७९ को चुनावमा भाग लिएन गएनन् । प्युठानको पोखरेल कांग्रेसमा डा.शेखर कोइरालाका पक्षका हुन् । मोहन विक्रम सिंह सिद्धान्तका कुरा निकै गर्छन । तर व्यवहार आफ्नो स्वार्थलाई सहज हुनेगरी देखाउँछन् । यसपटक सिंहले श्रीमतीका कारण वामपन्थी कित्ताबाट कांग्रेसको पोल्टामा राष्ट्रिय जनमोर्चा पु¥याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *