गृहमन्त्री लामिछानेको आफ्नै दाऊ ?

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचारले थलिएका कमिसन र दलालीकरणले खुम्चिँदै जाँदा पनि देश लुट्न नछाडेका नेपाली कांग्रेस र नेकपा एमालेको पिछा गर्न जनयुद्धको सूत्रधार नेकपा माओवादीले उसकै एजेन्डा संघीयता गणतन्त्र धर्मनिरपेक्षता र समावेशिताको सारतत्व ध्वस्त बनायो । एमाले र कांग्रेस तत्कालीन राजाले नपत्याएपछि राजतन्त्र फाल्न माओवादीसँग सहमत भएका थिए ।

जनताले दिएको विश्वास टिकाउन नसकेर गणतन्त्रको १८औं वसन्तमा तीन ठूला शक्ति नालायक भएका छन् । एमाले, माओवादी र कांग्रेसको विरोध गरेर एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी खडा भई संसदमा २१ सिट प्राप्त गर्दा त्यही पार्टीका अध्यक्ष रवि लामिछाने सहकारी ठग्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको यो समयसम्म आफ्नै अपराधबाट ग्रस्त छन् । लामिछानेको कार्यक्षमता र प्रस्तुतिलाई नपत्याएर अमेरिकी गुप्तचर समूहले डा.स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेससँग विद्रोह गरी रास्वपाका सांसद बनाउन सकेको हो । लामिछाने चोखिने दाउमा छन् । जिवी राई पक्राउ परे चोखिन्छ भन्ने छ ।

रास्वपाको पुरानो नाम राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूर्वी इलामतिर राष्ट्रिय सहकारी ठग पार्टी भन्न थालिएको छ । त्यो पार्टीका अध्यक्ष रवि, उपाध्यक्ष डिबी अधिकारी, अर्का भुर्तेल थरका नेताले सहकारीको पैसा खाँदा बद्नाम भएका छन् । लामिछानेको हकमा अब रास्वपाभित्रैबाट संसदीय दलको नेता खडा गरेर उक्त मुद्दाको किनारा लाग्नैपर्छ । तर यहाँ रास्वपाले अध्यक्षको पद भजाएर चलिरहेको आफ्नो पार्टीको जनता साक्षत हुने कार्यक्रम कस्तो गरी चलाउलान् । एमालेमा यस्ता विद्वान धेरै छन् । कांग्रेससँगको एमाले सम्बन्ध भनेको कुर्सी र पदको ग्यारेन्टी हो ।

रास्वपाले राष्ट्रिय सहकारी ठग पार्टीको रुपमा पहिचान बनाउँदा जनतामा उसको पहिचानसमेत गुमाउन पुगेको छ । अध्यक्ष रविले आफुमाथि लागेको आरोप नियन्त्रण गर्ने अवस्था छैन । गृहमन्त्री भएर समाजका भएका अपराधको छानबिन गर्ने अधिकार प्राप्त रवि लामिछानेको हैसियत सहकारीसँग जोडिएको नांगो रुप ढाकछोप हुँदैछ । श्रीमतीको नाममा समेत सहकारीको ऋण देखिँदा रास्वपा राष्ट्रिय ठग पार्टीको रुपमा परिचित भएको हो । ग्यालेक्सी फोरके टेलिभिजनका अधयक्ष जीवी राई मलेसियामा छन् । गृहमन्त्री हुनुपूर्व लामिछानेले राईलाई भेट गरेका थिए । राजनीतिमा नैतिकता गुमेका नेता धेरै छन् । लामिछानेको ठगी पर्दा खुस्केको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *