मिसन चौरासी भीजन ‘समृद्ध नेपाल सुखी नेपाली’कालागि भीमेश्वर नगर अधिवेशन

राजनीति लेख

नेकपा एमालेले मिसन २०८४ भनेको छ । समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय आंकक्षा हो । त्यो नैं भिजन हो । भीजन भनेको अत्यन्त चाहना गरिएको अवस्था हो । भीजन प्राप्तीकोलागि मिसन २०८४ अपरिहार्य छ । त्यसकालागि अनेकानेक काम गरिरहेको छ । नेकपा एमालेको सङ्घीय, प्रादेशिक, जिल्ला, स्थानीय, वडा र टोल कमिटीसम्मको वैधानिक संरचनाहरु तयार भैं क्रियाशिल भैरहका छन् । ती सवै संरचनाहरुको नियमित अधिवेशनहरु हुने गरेका छन् । अहिले धेरै जिल्लाका अधिवेशनहरु सम्पन्न भैसकेका छन् । दोलखा जिल्लाको अधिवेशन सम्पन्न भैसकेको छ । दोलखामा स्थानीय तहका अधिवेशनहरु पनि धेरैवटा भैसकेका छन् । भीमेश्वर नगर अधिवेशनको वारेमा यस लेखमा चर्चा गर्ने कोशिस गरिएको छ ।

विधिलाई आत्मसात गर्दै भीमेश्वर नगर अधिवेशन
नेकपा एमालेलाई दक्षिण एसियामा नैं सुव्यवस्थीत पार्टीको रुपमा चर्चा गर्ने गरेको पाइन्छ । यसका संरचनाहरु नियमित क्रियाशिल भएका हुन्छन् । टोल देखि सङ्घीय तहका कमिटीहरु नियमित संचालन भैरहेका छन् । हरेक संरचनाका नियमित अधिवेशनहरु हुने गर्दछन् । पार्टी सदस्यहरुको नियमित नविकरण हुने गर्दछ । यसै सिलसिलामा दोलखाको भीमेश्वर नगर कमिटीको अधिवेशन भरखरै सम्पन्न भएको छ । नेपालको पछिल्लो सङ्घीय गणतान्त्रीक संविधान जारी भए पछि सवै संरचनाहरु सोही संविधान अनुसार पुर्नंगठन हुनु क्रममा २०७८ कार्तिक १२ मा पहिलो अधिवेशन भएको थियो । २०८१ बैशाख २२ मा दोस्रो अधिवेशन आयोजना गरिएको थियो ।

विधान तथा केन्द्रीय सर्कुलर अनुसार वडा तहवाट प्रतिनिधिहरु छनोट भएका थिए । हरेक वडामा पार्टी सदस्यहरुको भेला आयोजना भएको थियो । सो भेलाबाट ५ जना सदस्यको अनुपातमा १ जना नगर अधिवेशन प्रतिनिधि छनोट भएको थियो । हरेक ३ जना प्रतिनिधि छनोट हुँदा कम्तीमा १ र ४ जना प्रतिनिधि छनोट गर्दा क्म्तीमा १ जना ४० वर्ष मुनीको युवा अनिवार्य छनोटको व्यवस्था गरिएको थियो । नगरमा अधिवेशन गरेका जनसंगठनवाट पनि कम्तीमा १ जना महिला सहित २ जनाको प्रतिनिधि हुने व्यवस्था थियो । यी आधारमा २४१ जना प्रतिनिधिहरु छनोट भएका थिए ।

प्रतिनिधि प्रमाणिकरणको अभ्यास
नेकपा एमाले मात्र त्यस्तो पार्टी होला, जस्ले प्रतिनिधि छनोट तथा प्रमाणिकरणमा जोड दिने गर्दछ । निश्चित मापदण्डका आधारमा प्रतिनिधिहरु छनोट भए पश्चात प्रतिनिधिको क्षेत्र समेत उल्लेख गरेको पार्टी सदस्य नं. समेत उल्लेख भएको प्रतिनिधि विवरणलाई नगर कमिटीको वैठकवाट प्रमाणित ग¥यो । त्यो विवरणलाई जिल्ला कमिटीमा पठायो । जिल्लाको संगठन विभागले प्रमाणित गरे पश्चात बागमती प्रदेश कमिटी संगठन विभाग प्रमुखवाट त्यसलाई लिखित प्रमाणिकारण गरिएको थियो । अधिवेशन हुनु भन्दा २ दिन पहिले नैं यो प्रमाणिकरणको प्रकृया पूरा गर्नु पर्ने अनिवार्य व्यवस्था गरिएको छ । यसरी २ सय ४१ जना प्रतिनिधिहरुको नामावलीको प्रमाणिकरण भए पश्चात मात्र अधिवेशन सञ्चालन भएको थियो ।

नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पूर्व मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको नगर अधिवेशनमा जनसमुदायको सहभागीतामा पञ्चेबाजा, खैजडी भन समूह सहितको ¥याली आयोजना गरिएको थियो । उद्घाटन सत्रमा केन्द्रीय, प्रदेश, जिल्ला तहका नेताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।

चिरफार सहितको दस्तावेज
वन्द सत्रमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन, आगामी वजेट समेत समेटिएको आर्थिक प्रतिवेदन र जिल्ला लेखा समितिले गरेको आन्तरीक लेखा परिक्षणको पतिवेदन प्रस्तुती गरी पारित गरिएको थियो । त्यसै गरी सो सत्रमा भीमेश्वर नगर कमिटीले देखेको समृद्ध भीमेश्वरको सपना सहितको खाका योजना समेत पारित गरिएको छ । यो अधिवेशन “समृद्ध भीमेश्वर हाम्रो पहिचान, नेकपा एमालेको अग्रस्थान” भन्ने मुल नाराका साथ सञ्चालन भएको थियो ।
यी दस्तावेजहरुका भीमेश्वर नगरमा अस्तीत्वयमा रहेको दलहरुको अवस्थाको चिरफार गरिएको छ ।

भीमेश्वर नगरमा नेकपा एमाले पहिलो र सशक्त पार्टी रहेको तथ्य सहित विश्लेषण गरिएको छ । २०७९ सालमा भएका निर्वाचनको आधारमा र पार्टी कमिटीहरुको क्रियाशिलताको आधारमा नगरमा सशक्त रहेको दावी गरिएको छ । त्यसै गरी दोस्रो राजनीतिक शक्तिको रुपमा नेपाली कांग्रेसलाई हेरिएको छ । नेकपा एमालेले नगरमा गरिएका कामको निर्मम समिक्षा गरिएको छ । एमालेवाट विजयी भएका जनप्रतिनिधिहरुको निर्वाह गरेको भूमिका, पार्टी कमिटी र जनप्रतिनिधिहरुको विचको सम्वन्धलाई चर्चा गरिएको छ । नगरमा एमालेका सवल, कमजोरी, अवसर र चुनौतीहरुको विश्लेषण गरिएको छ । यो अवस्थालाई सम्वोधन गर्न अर्थात सबल पक्षलाई कायम गर्दै अबसरहरुको सदुपयोग गर्न र कमजोरी हटाउँदै चुनौतीको सामाना गर्न आगामी कार्यभार सहितको योजना तयार गरिएको छ । ती कामहरुको लागि लाग्ने खर्चको अनुमानीत आय र व्यय समेतको प्रस्तावित वजेट तयार गरिएको छ । स्थानीय तहको पछिल्लो निर्वाचनमा नगर प्रमुख पद एमालेले गुमाउनु परेको थियो । त्यो प्राप्ती गर्न सक्ने हैसियत कायम गर्न र समृद्ध भीमेश्वर स्थापनाको संकल्प पूरा गर्ने अठोट दस्तावेजहरुवाट देखिन्छ ।

समावेशी कमिटी
नगर अधिवेशनबाट पार्टी विधान अनुसार समावेशी कमिटी निर्माण भएको छ । ५५ सदस्यीय कमिटीमा केन्द्रीय सर्कुलरलाई पालाना गर्दै कमिटी गठनको मापदण्ड वन्द सत्रमा पारित गरिएको थियो । कमिटीमा प्रतिनिधित्व गर्दा भुगोलाई ४० प्रतिशत, सदस्य संख्यालाई ४० प्रतिशत, विशेष समावेशीतालाई १० प्रतिशत र खुल्लालाई १० प्रतिशत अंकभार तोकिएको थियो । यसरी छनोट गर्दा कम्तीमा ३३ प्रतिशत महिला र कम्तीमा २० प्रतिशत युवा हुनु पर्ने भन्ने वैधानिक व्यवस्था रहेको थियो । सोही अनुसार कमिटीको प्रकृया आरम्भ गरिएको थियो । मूख्य पदाधिकारी र सदस्यहरुमा धेरैको चाहाना थियो । तथापी सहमतीमा साथ नेतृत्व चयन प्रकृया सम्पन्न गरिएको थियो । भोला खतिवडाको अध्यक्षतामा ५५ सदस्यीय नगर कमिटी र शान्ती प्रसाद न्यौपानेको अध्यक्षतामा ५ सदस्यीय लेखा कमिटी चयन भएको छ । नगर कमिटीको उपाध्यक्षमा मोहन कुमार श्रेष्ठ, सचिवमा राजन श्रेष्ठ, उपसचिवमा मञ्जु थामी र उपसचिवमा रमेश बस्नेत चयन हुनु भएको छ ।

अधिवेशनको सन्देश
अधिवेशनवाट नीति र नेतृत्व चयन गर्ने गर्दछ । नेकपा एमालेको भीमेश्वर नगरको दोस्रो अधिवेशनवाट पनि सोही कुरा गरेको छ । विगत र वर्तमान अवस्थालाई समिक्षा गर्दै आगामी दिनको नीतिगत योजना तयार भएको छ । अधिवेशनमा जनसहभागीता, प्रतिनिधि छनोट, अधिवेशन सत्रमा भएका छलफल समेतलाई आधारमा मान्दा भीमेश्वर नगरमा नेकपा एमाले सशक्त देखिन्छ । यो सशक्तपनलाई जनमतमा रुपान्तरणमा व्यवस्थापकिय रुपान्तरण गर्न आवश्यक छ । यसकालागि पार्टी कार्यकर्ता र कमिटीहरु उदाहरणीय बन्न पर्दछ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको पनि उदाहरणीय कार्यसम्पादन गर्न अति आवश्यक छ । अरु दल र आम नागरिकले पनि एमालेका जस्ता असल कार्यकर्ता भन्ने गरेको सुनिन्छ । यो विशेषणमा वढोत्तरीकालागि कमिटी सामुहिक रुपमा क्रियाशिलाको सन्देश अधिवेशनले दिएको छ । संभव छ, मिसन २०८४ । भीजन त छदैछ, समृद्ध नेपाल सुखी नेपाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *