गलत शिक्षा प्रणालीले समाज विकृत बन्दैछ

Uncategorized अन्तरवार्ता राजनीति

– यादव गिरी, केन्द्रीय सचिव, प्याब्सन
नेपालमा विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु वेरोजगार उत्पादन गर्ने कारखाना बनेको भन्दै नेपालको शिक्षा नीतिको चर्को आलोचना हुने गरेको छ । हुन पनि विद्यालयस्तर र उच्च शिक्षा हासिल गरिसकेका विद्यार्थी काम नपाएर वेरोजगार बस्नुपर्ने अवस्था रहेको छ । एकातिर ठूलो शिक्षित जनशक्ति वेरोजगार छ भने अर्कोतिर नेपालका रोजगारदाता निजी क्षेत्रले दक्ष जनशक्ति अभाव रहेको भन्दै विदेशी कामदार प्रयोग गरिरहेको अवस्था छ । गलत शिक्षा नीतिकै कारण नेपालका शिक्षण सस्थाहरुले बजार मागअनुसारको जनशक्ति उत्पादन गर्न नसकिएको बताउने गरेका छन् ।

दाङ जिल्लाको तत्कालिन हापुर गाउँ पञ्चायत ९ मा २०३५ सालमा जन्मिनुभएका यादव गिरी पनि विगत लामो समयदेखि निजी विद्यालय संचालन गर्दै आउनुभएको छ । अंग्रेजी विषयको अध्यापक तथा दाङ घोराहीस्थित लिटल एञ्जल स्कुलको प्रधानाध्यापकका साथै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को केन्द्रीय सचिवसमेत रहनुभएका गिरी कुशल शिक्षाविद्का रुपमा चिनिनुहुन्छ । अमेरिकाको न्युयोर्कमा सन् २०२३ जुलाई १६ र १७ मा सम्पन्न एक सय २३ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा उत्कृष्ट प्रस्तुति गरेपछि थप चर्चामा आउनुभएका गिरीले गुणस्तरीय र जीवनउपयोगी शिक्षामा जोड दिँदै आउनुभएको छ । प्रस्तुत छ, सोही सन्दर्भमा गिरीसँग गरिएको कुराकानी :

० नेपालका शैक्षिक संस्थालाई वेरोजगार उत्पादन गर्ने कारखाना भन्छन् नि ?
अहिलेसम्मको अवस्था लगभग त्यस्तै देखिएको छ । गतल शिक्षा नीतिका कारण यस्तो भएको हो । शिक्षा भनेको व्यक्तिको चाहनामात्र नभइ समाज र राष्ट्रको अवाश्यकताअनुसार हुनुपर्छ । श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पु¥याउने खालको हुनुपर्छ, रोजगारी र स्वरोजगारी जोडिनसक्ने खालको हुनुपर्छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पु¥याउने किसिमको शिक्षा हुनुपर्छ । तर विद्यालय तहको शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमामात्रै सीमित देखिन्छ । विद्यालयदेखि नै एउटा सीपको विकास गर्ने किसिमको बजारमुखी शिक्षा हुनुपर्ने थियो तर हाम्रा विद्यार्थीहरु उत्पादन प्रक्रियाका लागि बजार उपयोगी भएका छैनन् । व्यवहारिक ज्ञानभन्दा पनि स्नातकपछि एमए र त्यसपछि अर्को विषयमा एमए गर्ने अथवा त्योभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नेमै केन्द्रित भएको देखिएको छ । यस्तो शिक्षाले नेपालमा उद्यमशिलता विकास र रोजगारी सिर्जना हुन सक्दैन । उद्यमशिलता विकास र रोजगारीविना गाउँ, समाज र मुलुक समृद्ध बन्न सक्दैन ।

० किन यस्तो भइरहेको छ त ?
गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले प्रतिफल दिएको छैन । अर्थात लगानीको उचित सदुपयोग र व्यवस्थापन हुन नसकेकै कारण अपेक्षाअनुसारको प्रतिफल प्राप्त हुन नसकेको हो । त्यसो त शिक्षामा गरिने लगानी अन्य व्यवसायमा गरिने लगानीभन्दा फरक प्रकृतिको हुन्छ । अन्य व्यापार व्यवसायमा गरिने लगानीबाट तत्कालै प्रतिफल प्राप्त हुन्छ भने शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्छ ।

० विगतमा नेपाली समाज संयमित र सभ्य पनि थियो, तर पछिल्लो समय विभिन्न सामाजिक बिकृति र विसंगति बढ्दै गएको देखिन्छ । शिक्षाकै कारण हो ?
हो, अहिले समाजमा नैतिकता हराउँदै गएको अग्रज पुस्ताले गुनासो गर्ने गरेका छन् । शिक्षा रोजगारमैत्री एवं जीवन उपयोगी हुन नसकेका कारण पनि यस्तो भएको हो । किनभने शिक्षित जनशक्ति वेरोजगार छ । स्वदेशमा काम पाइदैन, विदेश पनि सहज छैन । जसका करण उनीहरु सामाजिक र मानसिकरुपमा पनि विक्षिप्त अवस्थामा पुग्छन् । सोही क्रममा कतिपय गलत बाटोमा लाग्छन् । कोही कुलतमा फस्ने गरेका छन् । हाम्रो शिक्षा प्रणालीले शिक्षितलाई नैतिकता, संस्कार र सीपविनाको प्रमाणपत्रमात्र वितरण गरेकोले पनि यस्तो अवस्था आएको हो । नागरिकलाई शिक्षा दिने दायित्व राज्यको हो । दक्ष जनशक्ति उत्पादन गर्ने जिम्मेवारी शिक्षा क्षेत्रको हो । विडम्वना, हाम्रो राज्यले अख्तियार गरेको शिक्षा प्रणालीले व्यक्ति वा समाजलाई नैतिकवान, सभ्य, शिष्ट, कर्मशिल, सांस्कारिक एवं देशभक्त बनाउन सकेन । यसको मुख्य दोषी राज्य नै हो ।

० तपाइको सोचको शिक्षा नीति चाहिँ कस्तो हो ?
शिक्षा नीति सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्छ । देश विकासमा रचनात्मक भूमिका खेल्ने, नयाँ पुस्तालाई नैतिक विचलनबाट रोक्ने, आत्मकेन्द्रित सोच र वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने खालको शिक्षा नीति हुनुपर्छ । शिक्षा मौलिक, सिर्जनशिल, स्वरोजगारमैत्री तथा आत्मनिर्भरमैत्री हुनुपर्छ । विद्यमान शिक्षा प्रणाली समयसापेक्ष बनाउँदै नैतिक चरित्र, सांस्कारिक एवं पेशागत सीप भएका नागरिक उत्पादन गर्न सकेमा नेपालको शिक्षा जीवनोपयोगी, समाज उपयोगी र देशउपयोगी हुनसक्छ । अन्तर्राष्ट्रिय बजारमासमेत नेपालको शिक्षित जनशक्तिले राम्रो अवसर पाउन सक्छ । त्यसका लागि देशको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, परीक्षा प्रणाली, मूल्यांकन पद्दतिलगायतका क्षेत्रमा व्यापक सुधार र परिमार्जन आवश्यक छ ।

० तपाइले चाहिँ समाज र राष्ट्रलाई के दिनुभयो ?
शिक्षामार्फत मैले हालसम्म जे–जति गरेंँ, त्यो सवै समाज र राष्ट्रकै लागि हो । तर पनि समाज र राष्ट्रका लागि अझै गर्नुपर्नेछ । मैले दिएकोमात्रै छैन, समाज र राष्ट्रबाट मैले पाएको पनि छु । म अहिले जुन स्थानमा छु, यो सवै शिक्षा क्षेत्रकै देन हो । समाज र राष्ट्रले उच्च सम्मान दिएको छ, माया दिएको छ आत्मसन्तुष्टी दिएको छ । हाल म हाल घोराहीको लिटल एञ्जल स्कुलमा प्रधानाध्यापकका रुपमा कार्यरत छु । यहीको शान्ति निकेतन विद्यालयको अध्यक्ष र सभ्यता पाठशालामा सल्लाहकारको जिम्मेवारीमा पनि छु । त्यसैगरी डीएमआईटी नेपालको निर्देशक, अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाकोे सल्लाहकार, दाङ प्याब्सनको वरिष्ठ सल्लाहकार र केन्द्रीय प्याब्सन सचिवको भूमिका छु ।

० कस्तो अध्यापन असल र कुशल हुनसक्छ ?
त्यो सार्वजनिक योग्यता र कौशलमा निर्भर रहन्छ । शिक्षाको पेशागत अनुभवले अध्ययन र अध्यापनको मापदण्ड निर्धारणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अध्यापन प्रक्रिया र शैलीमा पेशागत अनुभवले विद्यार्थीको शिक्षा प्राप्तिमा सहयोग पु¥याउँछ ।

त्यस्तै शिक्षा प्रणाली र प्रविधि, पाठ्पुस्तक तथा अन्य शिक्षा संसाधनको समेत अध्यापन कार्यमा महत्वपूर्ण भूमिका हुन्छ । विद्यार्थीमा ज्ञानको गुणस्तर, प्रगति, शिक्षकको प्रभाव, साक्षरता, आपसी संवाद, नैतिकता र उत्तरदायित्व वहनलगायतका विषयले पनि अध्ययन अध्यापनमा धेरै फरक पार्न सक्छ । यो सूचना प्रविधिको युग हो । अध्ययन अध्यापनमा पनि विविध प्रविधिको प्रयोग हुन थालेको छ । कतिपय विषयमा शिक्षकभन्दा विद्यार्थीले पहिले थाहा पाइसकेका हुन्छन् । त्यसैले शिक्षक पनि आफूले पढाउने विषयमा सधैं अपडेट भइरहनुपर्छ । किनभने अब पुस्तकमा लेखिएका कुराले मात्रै विद्यार्थीलाई पुग्दैन ।

० शिक्षा क्षेत्रमा लागेर पुरस्कार र अवार्डहरु पनि पाउनुभएको छ कि ?
प्याब्सनबाट ‘प्रेसिडेन्सियल अवार्ड–२०७५’, दाङ जिल्ला प्याब्सनबाट ‘एक्सिलेन्सी अवार्ड–२०७८’, दुवईमा आयोजित इन्टरनेशनल इन्नोभेटिभ फयुचर समिट एण्ड अवार्ड समारोहबाट ‘एक्सिलेन्सी एजुकेशन–२०२३’ लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेको छु । सम्मान, पुरस्कार र अवार्डले शिक्षा क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि काम गर्न अझै गम्भीर बनाएको, उर्जा थपेको महशुस भएको छ ।

० शिक्षा क्षेत्रमै लाग्नुको कारण ?
मेरो प्रारम्भिक जीवन र जीवन संघर्षको पाटो अलि फरक छ, दुःखद छ, पीडादायी छ । जसका कारण वाल्यकालदेखि नै संघर्ष गर्नुप¥यो । कक्षा तीनसम्म जन्मस्थान दाङको हालको घोराही नगरपालिका – १२ रतनपुरस्थित श्री हापुर माध्यमिक विद्यालयमा भयो । त्यसपछि शिक्षा र स्वास्थ्यका राम्रो सुविधाको आशामा शहर पस्ने सोच आयो । तर सोही क्रममा गाउँको घरजग्गा विक्री गरेर सहरमा घरजग्गाका लागि विश्वासका साथ दिएको सम्पूर्ण रकम एक जना विश्वासघातीले खाइदियो । त्यसपछि शहरी सुविधाको आशामा गाउँबाट विस्थापित हुनुपर्ने अवस्था आयो, जीवन वचाउन आमा र दुइ बहिनीसहित हामी मामाघर पुग्यांै । मामाघर बसेरै मैले कक्षा १० सम्मको अध्ययन पूरा गरँें । थप अध्ययनका लागि शहर पस्नुपर्ने बाध्यता थियो तर आर्थिक अवस्थाक कारण शहरमा बस्नसक्ने अवस्था थिएन । पढाइ खर्च जुटाउन म ट्युशन पढाउन थालें । ट्युशन पढाउँदा पढाउँदै उच्च शिक्षापछि पनि शिक्षण पेशाप्रति मन गयो, यसैलाई निरन्तरता दिन थालेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *