यस्तो छ शक्तिशाली निजामती कर्मचारीको फेहरिस्त

राजनीति समाचार

काठमाडौं । जता काफल पाक्यो त्यतै नाच्ने चरीहरु बग्रेल्ती छन्, निजामतीभित्र । त्यस्तै केही पात्र र प्रवृत्तिको चर्चा गरिदैंछ यहाँ । माओवादीका जनार्दन शर्माका खास मानिन्थें, अर्जुन भण्डारी । उनी गृहमन्त्री,अर्थमन्त्री हुँदा उनकै दाहिने हात बने । लिनुसम्म फाइदा लुटे । जसै जनार्दन छायाँमा पर्दै गए । अर्जुनले मरेको मान्छेलाई जुम्राले छाडेझैं जनार्दनको साथ छाडेर प्रचण्डको कोरटिम भित्र आफूलाई पार्न सफल भए । अहिले जति पनि प्रशासनिक हेरफेर हुन्छ त्यसमा अर्जुनकै मनोपोली चल्दै आएको छ । जस्को केही उदाहरण पछिल्लो समयमा गरिएको सहसचिवहरुको सरुवाको सूची हेर्दा थाहा लाग्छ ।

जस्तो शिक्षक हुँदै निजामती क्षेत्रमा पाइला राखेका चक्रबहादुर बुढा अहिले राजस्व अनुसन्धान विभागको हर्ताकर्ता बनेर पुल्चोक पुगेका छन् । यस अघि पर्यटन र भन्सार विभागमा हर्ताकर्ता थिए । कोटीभिटी प्रकरणमा जोडिएर नवराज ढुङ्गना त्यहाँबाट तानिएर अहिले पर्यटन हुँदै परराष्ट्रमा पुगेका छन् । उनी पनि माओवादीमा बसेर सबैभन्दा लाभ लिने कर्मचारीभित्र पर्दछन् । अहिले उनलाई कोलकत्ताको महावाणिज्यदूत बनाएर खटाउने तयारी चल्दैछ । तर त्यही नारायण भट्ट पनि पुगेका छन् । मुख्यसचिव बैकुण्ठ अर्यालको जोड चाहिँ नारायणलाई कोलकोत्तातिर पठाउन केन्द्रित छ । नवराज माथि भ्रष्टाचारमार्फत अकुत सम्पत्ति जोडेको आरोप खेपिरहेका छन । गोरखा, रत्ननगर नगरपालिका र तत्कालीन पोखरा उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका उनीमाथि जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर हिँडेको आरोपसमेत लाग्यो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा आउनु अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,वन तथा वातावरण, वीरगञ्ज भन्सार,महालेखा नियन्त्रकको कार्यालयमा बसे । सह–महालेखा नियन्त्रकमा रहँदा सरुवा, बढुवामा घुस लिएको आरोपसहित छानबिनको लागि २०७८ पुस १३ गते उजुरी दर्ता भएको हो भने रकम लेनदेनसहित थप तीन वटा उजुरीउपर निर्णय हुन सकेको छैन ।

यस्तै मानव तस्करीमा मुछिएका तर कारवाहीका भागिदार हुनुपर्ने पुष्पराज शाहीलाई सम्पत्ति शुद्धीकरण विभागबाट तानिएको छ । उनको ठाउँमा कमल भट्टराईलाई पठाइएको छ । कमलप्रसाद भट्टराई माओवादी नेता अमनलाल मोदी सामान्य मन्त्री हुँदै पर्यटन विभागको डिजी बन्न सरुवा मिलाएर पर्यटनमा सरुवा भएका थिए त उनको विवादित विगतका कारण मन्त्री सुदन किरातीले उनलाई पर्यटनमा हाजिर हुनै थिएनन्,पुन सामान्यमै थमौती पाएका उनी सम्पत्ति शुद्धीकरणमा जाने चाँजो मिलाए र सोमबारबाट त्यहाँ हाजिर भइसकेका छन् । यस अघि भन्सार विभागको हाकिम हुँदा होस वा माहावाणिज्यदूत हुँदा होस कुस्त कमाएको आरोप छ,उनीमाथि । उनी व्यापारी तर्साउने अड्डाको हर्ताकर्ता बनेर पुगेका छन् ।

हिजो भन्सारमा हुँदा कर्मचारी सरुवाको नाममा उठाएर खाने कमलले त्यहाँ रहँदा के गर्लान हेर्न बाँकी छ । उनलाई पनि सेटिङ्गमै त्यहाँ पु¥याइएको हो । माओवादी बनेर अत्याधिक लाभ लिनेमा उनी पनि पर्दछन् । भट्टराई एमाले अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रका स्थायी बासिन्दा हुन ।यस अघि नै ललितपुरको सिडिओ चलाईसकेका ढुण्डीप्रसाद निरौलालाई भन्सार विभाग र ललितपुरको सिडिओ चलाउँदा बालकोट काण्ड घटेर मन्त्रालयमा तानिएका रुद्रप्रसाद पण्डितलाई मालदार कार्यालयमा पठाइएको छ । यस्तो देखिदैंछ कि निजामती क्षेत्र भनेकै शक्ति र पैसा हुनेको मात्र हो । चलखेलमा माहिर कर्मचारीहरु सधै आकर्षक अड्डामा काम गर्ने अवसर पाउने अनि शक्ति र पहुँच नपुग्ने कर्मचारीहरु दुर्गम भेगमै सडिरहनु पर्ने ।

उनीहरुले कहिले राम्रा र आकर्षक मानिने कार्यालयमा काम गर्ने अवसर नपाउने । संघीय मामिला तथा सामान्य प्रशासनमा सेटिङ्ग मिलाएर अहिलेसम्म नगरपालिका छोड्नु परेको छैन । उनी हुन बीरेन्द्रदेव भारती । भारती अहिले प्रचण्ड पुत्री रेणुले चलाइरहेको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

यस्तै भाग्यमानीमध्येका अर्काे हुन खुमराज कोइराला,जो जागिरे अवधिभर अर्थ र योजना आयोग छोडेर अन्यन्त्र कतै जानु परेन । योजना आयोगबाट बुटबलस्थित अर्थ मन्त्रालयको सचिव बनाएर खटाइएको दुई महिना पनि त्यहाँ टिकेनन्,अहिले उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । अवसरमाथि अवसरकै खात लागिरहेका अर्काे सह सचिव राजेश्वर ज्ञवाली । मधु मरासिनी पछ वैदेशिक अध्ययनको अवसर पाउने सहसचिव हुन राजेश्वर ज्ञवाली । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रहेका ज्ञवाली शाखा अधिकृत हुँदादेखि उपसचिव हुँदासम्म गरी तीन पटक वैदेशिक छात्रवृत्ति पाइसकेका छन् । ०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरेर फर्किए ।

सात बर्ष पछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा दक्षिण कोरियाबाट स्नातकोत्तर गर्न गए । यस्का अलवा इजरायलको अलुम्नी युनिभर्सिटीबाट चारमहिने कोर्स गर्ने अवसर पनि ज्ञवालीले नै पाए । रघुवीर महासेठका विश्वासपात्र भएर काम गरेका उनी महासेठक मन्त्री हुँदा सिँचाई हुँदै उर्जामा बसे । नेपाल ट्रष्टमा हुँदा गोकर्णको जग्गा प्रकरणमा मुछिएका उनी काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हुँदा महानगरका १८ सय कर्मचारीहरुको एक तह बढुवा गर्दा प्रत्येक कर्मचारीबाट एक महिनाको तलब असुलेर विवादमा तानिए । केपी ओलीको गृह जिल्ला झापाको सिडिओ खान बल गरे पाएनन् । मुख्यसचिव शंकरदास बैरागीलाई मनाएर ठूला करदाता कार्यालयका हाकिम बनेका उनी अहिले महालेखातिर हुत्तिएका छन् ।

उनीझैं लामो समय आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली पनि ठूला कार्यालयमा बस्न नपाए छटपटीमै पर्ने हाकिममा पर्दछन् । चिनीको चास्नीमा डुबेर बदनामी कमाएकी र आफ्नै सहकर्मीलाई पोलेर अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजी चलाइरहेकी मतिना वैद्य पनि उही लाइनको कर्मचारीभित्र पर्दछिन् । यस्तै कोलकताका महावाणिज्यदूत ईश्वर पौडेल,अर्थका सहसचिव श्रीकृष्ण नेपाल,उमेश ढकाल, भट्टराई,आश्मान तमाङहरु अवसरमाथि अवसरको खात लाग्ने कर्मचारीमा पर्दछन् । यस्तै सेटिङ कलामा पारंगत र बदनामी कमाएका कर्मचारी हुन्, झलकराम अधिकारी । प्रधानमन्त्री प्रचण्डका जिल्लाबासी । राजश्व सेवा समूहबाट नउठेका उनी मनग्य राजश्व मार्न पाइन्छ खोजेर र रोजेरै ती अड्डामा पुगे । सुन काण्डमा डामिएका उनी पनि माओवादी निकट भएकै कारण कारवाहीबाट बच्दै आएका छन् । सचिव बढुवाका तालिम लिइरहेका उनी अहिले नेपाल ट्रष्टको कार्यालयमा पुगेका छन् । यस्तै अहिले शहरी विभाग चलाइरहेका कुमार घिमिरे पनि त्यस्तै बदनाम कर्मचारीका रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *