माइतीघर मण्डलामा सधैं धर्ना र जुलुस, सर्वसाधारणलाई सास्ती

राजनीति समाचार

काठमाठौं । धर्ना, जुलुस, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्नको लागि सरकारले निश्चित ठाउँ तोकी निषेधाज्ञा जारी गरेको छ । खासगरी सिंह दरबार आसपास र संविधानसभा भवन नयाँवानेश्वर आसपास ५ सय मिटर वरपर धर्ना, जुलुस र विरोध प्रर्दन नर्ग नपाउने भनेर निषेधाज्ञा जारी गरेको छ । सरकारले निषेधाज्ञा जारी गरेको ठाउँमा बेलाबखत धर्ना, जुलुस र विरोध प्रदर्शनका कार्यक्रमहरु हुने र प्रदर्शनकारी र प्रहरीवीच झडप हुने गर्दछ । पछिल्लो समय माइतीघर मण्डालामा त्यस्ता धर्ना, जुलुस र विरोध प्रर्दन हुने कारणले सवारी साधनसँगै पैदल यात्रीलाई हिड्डुल गर्न कठिनाइ हुने गरेको छ ।

त्यसँगै ट्राफिक जाम भएर घण्टौंसम्म सडक अवरुद्ध हुने गरेका छन् । घाइतीघर मण्डालामा कहिले सहकारी पीडितहरुले असन बसेर अस्तव्यस्त बनाइरहेका हुन्छन् भने कहिले ऊखु किसान, कहिले दुध किसान, कहिले गुठी आन्दोलन त कहिले विभिन्न राजनीतिक माग राखेर धर्ना, जुलस र अनसन बस्नेहरु टुट्दैनन् । राजधानीको अति व्यस्त सडक मानिने माइतिघर मण्डला वरिपरिलाई त्यत्तिकै सम्वेदनशील र महत्वपूर्ण पनि मानिन्छ । सैनिक मुख्यालयदेखि सर्वोच्च अदालत, जिल्ला अदालत, प्रधान न्यायाधिवेक्तको कार्यालय, बार एशोसियसन र सिंहदरबार जस्तो महत्वपूण मन्त्रालय नजिक भएकाले पनि सम्वेदनशील मानिन्छ ।

तर, त्यस्ता ठाउँमा सधैं धर्ना, जुलुस र विरोध प्रदेश हुँदा सर्वसाधारणदेखि सरकारी कार्यालयका गाडी र सार्वजनिक यातायातहरु प्रभावित हुने गरेका छन् । त्यस विषयमा न त जिल्ला प्रशासन कार्यालयले ध्यान दिएको न त सरकारले त्यसको महत्वलाई बुझेर समाधानको उपाय सोचेको छ । सरकारले ध्यान नदिँदा सधैं सर्वसाधारणले सास्ती खेपिरहनु परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *