शिक्षा क्षेत्रको डेढ खर्ब लगानी भयो खरानी

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । शिक्षकबाट राजनीतिक अस्तित्व धान्ने कांग्रेस र एमाले मात्र होइन, वैधानिक शिक्षा, प्राविधिक तथा रोजगारमूलक शिक्षाको गीत गाएर रमिता देखाउने माओवादीका नेताहरुको समेत पोल खुलेको छ । दिनानाथ शर्माले भाषा प्रयोजनमा गरेका गद्दारीविरुद्ध सर्वाेच्च अदालतले उदांगो बनायो । हिमाल शर्मा अखिलको अध्यक्ष रमेश मल्ल दिनानाथको पीए बन्दा शिक्षा गुणस्तरमा केही गर्न सकेनन् ।

मन्त्री शर्मा १८ महिना शिक्षामन्त्री भए । त्यो बेला कमाउको पैसाले समाखुसीमा महल खडा गरे र गाडीको बन्दोबस्त गरे । माओवादी नांगै छ । कुनै पनि मन्त्री राम्रा भएनन् । यो भ्रष्ट समूहले त सुधार नगरेकोे शिक्षा क्षेत्र एमाले कांग्रेसका भगिनी संगठनहरु अखिल र नेविसंघको निजी स्कुलहरुलाई आम्दानीको स्रोत बनाइएको छ ।

यिनकै सिको गर्दै हिमाल शर्माको अखिल क्रान्तिकारीले सुरु गरेको लुटलाई नेत्रविक्रम चन्द, मोहन वैद्यहरुले पनि स्कुलमा गेटमा बम राखेर आतंकित बनाए । तर शिक्षाको गुणस्तर सुधारमा चासो दिएको अवस्था थिएन । सरकारले सामुदायिक स्कुलमा डेढ अर्ब लगानी गरेको छ । शिक्षाको गुणस्तर सुधार्ने हो भने सरकारले बजेटको २५ प्रतिशत लगानी गर्नुपर्छ भन्नेहरु छन् ।

अहिले पनि एसइइको नतिजाले सरकारको शिक्षाप्रतिको जिम्मेवारी कस्तो रहेछ भन्ने देखाएको छ । एमाले कांग्रेस मास्टरबाट पार्टी राजनीति धान्दै छन् । आज पनि यी दुई संगठनले देशी विदेशी सहयोगले संगठनका भवन बनाए । शिक्षकलाई मास्टरी गर्न लगाउने दल नहुँदा सरकारको लगानी खरानी भएको हो । ४ लाख ६४ हजार ७६५ जना विद्यार्थाी सहभागी एसइइमा २ लाख २२ हजार ४७२ जना उत्तीर्ण हुनु नै शिक्षाप्रति वामपन्थी शक्तिहरुको कमजोरी छर्लंग हुँदै गएको छ । तर शिक्षा नीतिमा सुधार छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *