सरकार परिवर्तनसँगै भन्सार, राजस्वमा बस्ने कर्मचारीको निदहराम

राजनीति समाचार

काठमाडौं । सरकार बनेको पाँच महिना नपुग्दै विघटनमा गएपछि अधिकांश कर्मचारीहरु विलखबन्धनमा परेका छन् । कतिपय कर्मचारीहरुले त राजनीतिक दलका नेता र उच्च तहका कर्मचारीहरुलाई ठूलो नजराना टक्र्याएर मालदार ठाउँमा पुगेका थिए । ठूलो धनराशी खर्च गरेर मालदार ठाउँमा पुगेका कर्मचारीहरुको तीन÷चार महिनामै पद धरापमा परेपछि उनीहरुको निद हराम हुन पुगेको छ ।

निद हराम हुनेमा भन्सार विभागका महानिर्देशक ढुण्डिप्रसाद निरौला, सम्पत्ति सुद्धिकरणका कमल भट्टराई, राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा र आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारी रहेका छन् । कांग्रेस र एमालेसहितको नयाँ सरकार बनेपछि यी निकायका प्रमुखहरुको सरुवा हुने पक्कापक्की छ । नयाँ सरकार बनेपछि अर्थमन्त्रालय एमालेको भागमा परेको खण्डमा यी निकायहरुमा एमालेका क्याडर कर्मचारीहरु पुग्ने छन् । भन्सार विभागका महानिर्देशक ढुण्डिप्रसाद निरौला र आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारी प्रधानमन्त्री कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई धनराशीसहित रिझाएर त्यहाँ पुग्न सफल भएका थिए ।

गत चैत महिनामा मात्रै निरौलाले भन्सार विभाग र तिवारीले आन्तरिक राजश्व हात पारेका थिए । तर, उनीहरु भन्सार र आन्तरिक राजश्वमा पुगेको चार महिना पुरा नहुँदै जिम्मेवारीबाट हात धुनुपर्ने भएको छ । त्योसँगै प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजश्व अनुसन्धान विभागका चक्र बुढा र सम्पत्ति सुद्धिकरण विभागका कमल भट्टराईको जागिर पनि धरापमा पर्ने देखिन्छ ।

बुढा र भट्टराईको पनि तीन महिना नपुग्दै पद धरापमा परेको छ । राजनीतिक दलकै कारण छिटोछिटो सत्ता परिवर्तन हुँदा महत्वपूर्ण जिम्मेवारी पाएका कर्मचारीहरुले कामको अनुभव गर्न नपाउँदै सरुवा हुनुपर्ने भएपछि ती ठाउँहरु सधैं अलपत्र पर्ने गरेका छन् । यी ठाउँ र व्यत्ति mहरु त उदाहरणका पात्र मात्रै हुन् । अन्य सरकारी कार्यालयहरुमा हुने सरुवा, बढुवा र नियुक्तिको त कुरै छाडौं । छिटोछिटो सरकार परिवर्तन भइरहने र कर्मचारी सरुवा भइरहने कारणले देश सधैं अनिर्णयको बन्दी बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *