वी.पी. कोइराला र योगमाया राष्ट्रिय पुरस्कार २०८१ व्यक्तिको नाम सहित घोषणा

कला-साहित्य समाचार

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वी.पी.कोइराला र योगमाया राष्ट्रिय पुरस्कार–२०८१ बाट सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको छ ।

वैशाख ४ गतेको मन्त्रीस्तरीयको बैठकले वीपी कोइराला राष्ट्रिय पुरस्कार दुबै विधामा राजनीतीक दर्शनतर्फ सुनसरीकी मीना सुब्बा र अछामका नयनसिंह कडायतलाई प्रदान गर्ने निर्णय भएको हो । यो पुरस्कार दुई लाख राशिको रहेकोले दुई जनालाई एक/एक लाखका दरले प्रदान गरिने भएको छ ।

साहित्यतर्फ पाँचथरका तिलविक्रम नेम्बाङ (बैरागी काइँला) र मोरङका भुवन ढुंगानालाई प्रदान गरिने भएको छ । यसको राशि पनि दुई लाख नै भएकोले एक/एक लाखका दरले प्रदान गरिने मन्त्रालयले जनाएको छ । यस्तै योगमाया राष्ट्रिय पुरस्कार बर्दियाकी डा.निलम कार्की निहारिकालाई एक लाख राशि प्रदान गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *