नेपालमा प्रचण्ड सरकार ढलेर त्यसको ठाउँमा ओली सरकार बनेको छ । राजनीतिक दृष्टिकोणबाट यो परिवर्तनलाई नेपाल सरकारको नेतृत्व परिवर्तन भएको मानिन्छ । नेपालमा दलहरुको राज कायम नै छ र राजनीतिक व्यवस्थामा कुनै परिवर्तन आएको छैन । दलका शीर्ष नेताहरु कै अनुसार नेपालमा कायम रहेको हालको अवस्थालाई प्रतिगमन, यथास्थिति र अग्रगमन भनेर खुट्याउन सकिन्छ । नेपालको वर्तमान अवस्थालाई यथास्थितिको अवस्था मान्ने हो भने त्यो निकै भयन्कर र डरलाग्दो छ । नेपालको वर्तमान अवस्था भनेको भ्रष्टाचार र अपराधले नराम्रो सित गाँजिएको अवस्था हो ।
त्यहि अवस्थालाई बदल्ने प्रयासमा नेपाली जनता लागीपरेका छन । नेपाल राष्ट्रलाई भ्रष्टाचार र अपराध मुक्त बनाउनको लागि नेपाली जनताको साथ निवर्तमान प्रचण्ड सरकारले दिएको थियो । प्रचण्ड सरकार नेपालको दयनिय वर्तमान अवस्थालाई बदलेर अग्रगमनको बाटोमा अगाडि बढीरहेको थियो । तर अब त्यो अग्रगामी प्रडण्ड सरकारलाई ढालेर त्यसको ठाउँमा एमाले र नेपाली कांग्रेसको संयुक्त नेतृत्वमा ओली सरकार बनेकोछ । एमालेको शीर्ष नेता ओली चौथोपटक नेपालको प्रधानमंत्री बन्नु भएको छ । उहाँले बिगतमा नेपालको प्रधानमन्त्री भएर गरेको कामहरुलाई हेर्दा नेपाली जनताको लागि उत्साहित हुनुपर्ने कुनै ठोस कारण छैन । उहाँ प्रचण्ड सरकारले थालेको अग्रगमनको कार्यहरुबाटै भयभित भएर त्यसलाई रोकी आफैलाई कानुनी कार्यबाही हुनबाट बचाउ गर्नको निमित्त यस्तो कदम चालेका हुन सक्ने अनुमान धेरैले लगाएका छन । राष्ट्र बिकासको सन्दर्भमा उहाँको सोच हचुवाको छन । संसारलाई चकित पार्ने बिकास नेपाल गरेको दाबी गर्ने उहाँले आफैलाई हाँसोको पात्र बनाएका छन । उहाँको राजनीतिक भाषणहरु पनि हँसाउने पाराको नै हुने हुँदा कसैले पनि गम्भिरताका साथ लिने गरेका छैनन् । उहाँको गतिविधिहरुलाई हेर्दा उहाँ नेता हो कि अभिनेता हो भनी छुट्याउन सहज छैन । यस्तो व्यक्तित्व भएको उहाँ फेरि नेपालको प्रधानमंत्री हुन सफल हुनु भएको छ ।
प्रधानमंत्रीको रुपमा उहाँले बिगतमा गर्नुभएको कामकार्यबाहीलाई हेर्दा अब नेपालमा थप कंक्रिटका टावरहरु बन्ने र फजुलको परियोजनाहरुमा राष्ट्रिय ऋणबाट प्राप्त पैसा लगानी गरी नेपाली जनताको ऋणको भारी बढाउने कुरा पक्का भएकोछ । उहाँको ४३ महिना लामो तेस्रो कार्यकालमा नेपालको राष्ट्रिय ऋण १० खर्बले बढाएको स्मरण नेपाली जनमानसमा ताजै छन । सबै भन्दा नराम्रो कुरा अझ के छ भने उहाँ भ्रष्टाचारीहरुको मुखै हर्नु हुन्न र तिनीहरु माथि कार्यबाही चलाउनुको साटो आँखा चिम्लिएर बसीदिने गर्नु हुन्छ । त्यसकारण नेपालका ठुला भ्रष्टाचारीहरु निजामती कर्मचारीहरु देखि लिएर जनप्रतिनिधिहरु समेत एमालेमा गोलबन्द भएकाछन । यहि कुरा हजम नभएपछि भ्रष्टाचर र अपराध बिरोधी एमाले नेताहरु अलग भएर नेकपा एसमा सामेल भएकाछन । यस्तो खराब रिपोर्ट कार्ड भएको व्यक्ति फेरि प्रधानमंत्री भएपछि नेपाली जनताको लागि कागलाई वेल पाक्यो न हर्ष न बिष्मात जस्तो घटना भएको छ । नेपाली काँग्रेस सित वर्तमाण गठबन्धन बनाउनुको मुख्य कारण “नेपालको संविधान २०७२“ संसोधन गर्नको लागि हो भन्ने जनाएका छन् ।
वास्तविकता भने वेग्लै भएको चर्चा परिचर्चा सुनिन थालेको छ । विगतमा आफ्नो नेतृत्वमा भएका भ्रष्टाचारहरुको ढाकछोप गरी आफ्नो बचाउ गर्नकै लागि यो दुई ध्रुव झै देखिने राजनीतिक दलहरुका बिच एकता भएको कुरा ऐनामा हेरेको झै छर्लङ्ग भएको नै छ । नयाँ नियुक्त मंत्रीहरुको सूचिमा हेर्दा पनि बाल मन्दिर जग्गा अपचलन काण्ड, नक्कली भूटानी शरणार्थी काण्ड, गिरी बन्धु टि–स्टेट जग्गा अपचलन काण्डहरुको साथै अन्य भ्रष्टाचार र अपराध काण्डहरुलाई प्रभावित तुल्याउने उद्देश्य रहेको प्रष्ट नै देखिन्छ । ललितानिवास वालुवाटारको सरकारी जग्गा अपचलन काण्डमा मुछिएका पूर्व प्रमं द्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई बचाएको जस्तो नाटक गरी गिरी बन्धु टि–स्टेटमा लामो हात मार्ने काम गरेको बिषय प्रष्ट नै छ । दलका नेताहरुले गरेका भ्रष्टाचार र अपराधको जाँच दलहरुले नै बनाएको सरकारबाट हुन सक्दैन । यस्तो निष्पक्ष जाँचबुझ गर्न गराउनको लागि स्वतंत्र तेस्रो पक्षको जरुरी हुन्छ ।
नेपालमा कानुनी राज स्थापित हुन सकीरहेको छैन किनकि न्यायालयका श्रीमानहरुको नियुक्ती दलिय भागबण्डाको आधारमा हुने गरेकाछन । दलका शीर्ष नेताहरुको यस्तो हस्तक्षेपले गर्दा नेपाली जनतालाई निसाफ दिने नेपालका न्यायालयहरु आफै पीडित भईरहेकाछन । बिगतमा भएका यस्ता अनेक काण्डहरुलाई बढवा दिने प्रधानमंत्रीको रुपमा हालका प्रधानमंत्री ओलीलाई नेपाली जनताले चिन्ने गरेकाछन । भ्रष्टाचार र अपराधलाई बढवा दिनु र त्यस्तो गैरकानुनी अपराधमा संलग्न भएकाहरुको संरक्षण गर्नु नै यथास्थितिवादी चिन्तन वा राजनीतिक सोच हो । यस्तो कमी कमजोरीबाट वर्तमाण प्रधानमंत्री ओली सह्रै पीडित छन । उहाँबाट भ्रष्टाचारीहरु र अपराधीहरुका बिरुद्ध निवर्तमान प्रचण्ड सरकारले थालेका अग्रगमनकारी कार्यबाहीहरुलाई अगाडि बढाउने काम हुन सक्दैन । भ्रष्टाचार र अपराधलाई आय स्रोतको रुपमा हेर्ने राजनीतिक दल एमालेका नेताहरुले पक्कै पनि नेपाल राष्ट्रलाई यथास्थितिमा राखेर आफ्नो दलिय फाईदा लुट्ने छन । दलहरु अग्रगमन र पश्चगमनको कुरा राजनीतिक फाईदा निकाल्नको लागि मात्रै गर्दछन । व्यवहारिक अभ्यासबाट अग्रगमन र पश्चगमन बिचको फरक देखाउन सकीरहेका छैनन् ।
नेपाल राष्ट्रलाई दलका नेताहरुले आज जुन स्थितिमा पुर्याएकाछन त्यसलाई नै अग्रगमन भन्ने हो भने पश्चगमनको परिभाषालाई नै बदल्नु पर्ने हुन्छ । नेपाली जनताले अहिलेको नेपाल राष्ट्रको अवस्थालाई राजतंत्रको नेतृत्वमा चलेको पञ्चायत कालको भन्दा पनि गएगुज्रिएको मानेकाछन । राष्ट्रको अहिलेको अवस्थामा कुनै बदलाब नगरी यथास्थितिमा नै मुलुकलाई चलाउँदै लाने कुरा नेपाली जनतालाई कुनै पनि हालतमा स्वीकार्य छैन । नेपाली जनता अहिलेको नेपालको अवस्थालाई बदल्नको लागि संघिय गणतांत्रिक व्यवस्थालाई नै बदल्नु पर्छ भन्ने सोचमा पुगीसकेका छन । नेपाली जनताले अहिले नेपालमा चलेको दलिय शासन व्यवस्थालाई ३६ बर्ष देखि भोगी सकेपछि यस्तो निर्णयमा पुगेका हुन । अहिलेको नेपालको अवस्थालाई अग्रगमन मान्ने हो भने पहिलेको पञ्चायत काललाई महाअग्रगमन मान्नु पर्ने स्थिति दलहरुले नेपालमा पैदा गरीसकेका छन । त्यसकारण नेपालको हालको अवस्था बदल्नको लागि पहिले कै राजनीतिक अवस्थामा फर्कनु पर्छ भन्ने कुरा दलहरुको वर्तमान राजनीतिक अभ्यास र व्यवहारबाटै प्रष्ट भईसकेका छन ।
नेपालको संबिधान २०७२ अनुसार नै नेपाल राष्ट्रलाई चलाउँदै लाने हो भने नेपाल राष्ट्र यथास्थितिवादी राजनीतिक घनचक्करमा परी नै रहने छ । यस्तो प्रतिगामी राजनीतिक घनचक्करबाट नेपाल राष्ट्रलाई निकाल्नको निमिक्त नेपालको अवस्था बदल्न जरुरी भएको हुँदा संबिधान संसोधन गरेर मात्रै पुग्दैन त्यसको लागि पहिले कै अवस्थामा मुलुकलाई फर्काएर अगाडि बढ्न जरुरी हुन्छ । दलहरुले बाटो बिराईसकेको हुँदा फेरि सही बाटोबाटै अगाडि बढ्नको निमिक्त पहिलेको अवस्थामा फर्किनु पर्ने हुन्छ जुन नेपालको अहिलेको अवस्था भन्दा धेरै गुणाले अग्रगमनकारी भएको नेपाली जनताले अनुभव गरेकाछन । नेपाली जनताको मनमा दलहरु सबै भ्रष्ट र अपराधमनोवृत्ति भएका मात्रै छन भन्ने परीसकेको हुँदा अहिलेको राजनीतिक नेतृत्व परिवर्तनले कुनै फरक नपार्ने सम्झी उत्साहहिन भएकाछन ।
जनउखान अनुसार कालो गएर गोह्रो आउने भएको भए नेपाली जनता उत्साही हुने थिए होलान तर नेपालमा कालो गएर झन कालो आउने भएकाले नेपाली जनता पटक पटक जिल्लिएका छन । अगुल्टोले हानेको कुकुर बिजुली देखि तर्सिन्छ भनेको जस्तै बारबार धोका खाईसकेको हुँदा नेपाली जनता यस्तो वेमौसमी राजनीतिक नेतृत्व परिवर्तनबाट झन झस्किने गरेका छन् । ओली सरकारको कालो रुप पहिले पनि देखीसकेको हुँदा उहाँ कै नेतृत्वमा बनेको यो नयाँ सरकार प्रति नेपाली जनता सकारत्मक बिल्कुलै छैन । वर्तमान सरकार देखि नेपाली जनता त्रस्त भएका छन् किनकि सरकारमा सामेल भएका नयाँ मन्त्रीहरु एकसेएक खुँखार र भ्रष्टआचरण भएकाहरु मात्रै छन ।
एक दुई बाहेक सबै नयाँ मन्त्रीहरु पटक पटक भ्रष्टाचारको आरोप खेपिसकेका छन् र कसैको पनि ट्रयाक रिकर्ड मन्त्री हुनको लागि उपयुक्त छैन । यस्ता पहिले देखि नै बदनाम भइसकेका मन्त्रीहरुले बनेको मन्त्रिपरिषद्को नेतृत्व गर्ने प्रधानमन्त्री ओली समेतलाई नेपाली जनताले विश्वास गर्न सक्ने अवस्था विद्यमान नेपालमा छैन । नयाँ सरकारले अब कति राष्ट्रिय ऋण बढाउने हुन भन्ने कुराले नेपाली जनता त्रस्त भएकाछन । कंक्रिट टावर बनाउनुलाई विकास ठान्ने प्रधानमन्त्री ओली सच्चिन जरुरी छ । त्यस्तै प्रचण्ड सरकारको पालामा थालिएको भ्रष्टाचार र अपराध बिरोधी कार्यबाहीलाई पनि निरन्तरता दिनु पर्छ । त्यसो गरेमा यो ओली सरकार प्रति नेपाली जनताको आत्मविश्वास बढेर उत्साहित हुन पनि सक्छन् ।