एआईजी थापा विवादमा फस्दै

राजनीति समाचार

काठमाडौं । सबैतिर बराबर पहुँच भएपनि कुनैबेला रेणु दाहाललाई चुनाव जिताउन मतपत्र चपाउने अधिकृत बनेर परिचय बनाएका सीआईबीका एआईजी दीपक थापा सहकारी छानबिनको विषयमा विवादमा तानिने भएका छन् । एआईजी थापालाई विवादमा पार्न अवकाशप्राप्त एआईजी श्याम ज्ञवालीको टोलीका एसएसपी रविन्द्र बोगटी लागेका छन् । बोगटीले सिआइबीको उजुरीलाई थन्काउने अस्त्र बनाएका छन् । बोगटी काठमाडौ परिसरमा बस्दा पनि प्रवक्ता थिए ।

माओवादी अध्यक्ष प्रचण्डको पिएसओ बसेका कारण एसपी हुँदा चितवन पुगेका थापा विवादमा पर्नुको कारण मतपत्र चपाउनु नै हो । उनको पछाडि एमालेका युवा नेता महेश बस्नेत भएपनि अहिले शोभा पाठक काण्डले मौन छन् । पाठक श्रीमान फेर्दै हिँड्ने महिला रहेको भनि प्रहरी अनुसन्धानले देखाएको छ । महेश पार्टी कारबाहीबाट जोगाइएका हुन् । यो काममा एआईजी दीपक थापाको योगदान रहेको छ । उनी आफैं भक्तपुरे पनि हुन् ।

एआईजीहरु दीपक गिरी, भिम ढकाल, किरण बज्राचार्यसमेत एआईजी प्रतिस्पर्धी भएपनि ढकाल र बज्राचार्य मंसिरमा अवकाश पाएपछि दानबहादुर कार्की र डा.मनोज केसी वरिष्ठताका आधारमा एआईजी हुँदा गुप्तचरबाट भित्र्याइएकाहरुले मौका पाउन कठिन छ । प्रहरीको एसएसपीसम्म पुगेको गुप्तचर समूह भ्रष्ट भएकाले जहाँ गयो, त्यहाँ बद्नामी कमाएकै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *