नयाँ मन्त्रिमण्डल पुनर्गठनको संकेत : गृह र अर्थमा को ?

राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमालेको गठबन्धनका मन्त्रीहरुले आ–आफने मन्त्रालयमा मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएतापनि कतिपय मन्त्रीहरुको काम कारबाहीबाट प्रधानमन्त्री असन्तुष्ट बन्न पुगेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुले काम गर्न नसकेको निष्कर्ण निकालेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमण जानुअगाडी नै मन्त्रीमण्डल फेरबदल गर्ने मनस्थितिमा रहेका थिए । तर चिन भ्रमणमा जाने बेलामा मन्त्रीमण्डल फेरबदल गरेर चिन भ्रमण गर्दा नराम्रो सन्देश जाने भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल फेरबदल गरेका थिएनन् ।

ओली चिन भ्रमणमा फर्केको हप्तादिन भन्दा बढि भइसकेको छ । तर, मन्त्रीहरु फेरबदल गर्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओली जनवरीमा भारत भ्रमण गर्ने तयारी गरिरहेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल फेरबदल भारत भ्रमण जानु अगाडी नै गर्छन् कि भारत भ्रमणबाट फर्किएर आएपछि गर्छन् त्यो निश्चित छैन । प्रधानमन्त्री ओलीले गृह र अर्थमन्त्री फेर्ने हल्ला पनि चलिरहेको छ । गृहमा गगन थापा कि गोकुल बास्कोटा भन्ने हानाथाप पनि चलिरहेको छ । गृहमन्त्री र अर्थमन्त्री कसलाई बनाइन्छ भन्ने निश्चित छैन ।

गृहमन्त्रीमा गोकुल बास्कोटालाई ल्याउने हल्ला चलेको छ । अर्थ मन्त्रीमा गगन थापालाई बनाइने पनि हल्ला चल्न थालेको छ । त्यस्तै, मन्त्री फेरिने लाइनमा रक्षा, खेलकुद, भूमि, भौतिक, पर्यटन, उद्योग वाणिज्य र संघिय मामिला जस्ता मन्त्रालयका मन्त्रीहरु फेरबदल हुने सम्भावना बढेर गएको छ । नयाँ बन्ने मन्त्रीहरु कांग्रेस र एमालेले मन्त्रीमण्डलमा क–कसलाई पठाउँछ भन्ने निश्चित छैन । दुइ ठुला दल मिलेर बनेको सरकारले देशमा आर्थिक चलायमान र विकासको काम गर्न सकेको छैन ।

हालका अधिकांश मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा विकास निर्माण र आर्थिक उपाजनको काम गर्नेभन्दा पनि कमाउधन्दामा प्राथमिकता दिएका छन् । त्यसले गर्दा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल ढिलोचाडो फेरबदल गर्ने मनस्थितिमा पुगेका छन् । तर, कांग्रेसभित्र संस्थापन पक्ष र इतरपक्षबिचको समझदारी नहुँदा मन्त्रीमण्डल फेरबदलमा केहि ढिला हुने अनुमान गरिएको छ । त्यसैगरी एमालेभित्र पनि मन्त्री हुनको लागि विभिन्न नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चाँकडी गर्न थालेका छन् । तर प्रधानमन्त्री ओलीले पुरानालाई प्राथमिकता दिन्छन कि नयाँ युवा सांसदलाई दिन्छन् त्यो पार्टीभित्र छलफल भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *