काठमाडौं । आफैंलाई एआइजी बन्ने विश्वास नहुँदा सशस्त्रका प्राविधिक डिआइजी किशोर प्रधान दौडधुपबाट थन्किएका छन् । एआइजी बन्ने रहर गर्ने तर पहुँचवालाहरूसँग कुरा पु-याउन हच्किने उनी माघ १९ सम्म डिआइजी रहनेछन्। सशस्त्रको नियममा संगठनले डिआइजीको कार्यकाल एक वर्ष थप्न सक्छ । डिआइजी प्रधान त्यो सुविधा पाउने भाग्यमानी हुन् । त्यही सशस्त्रमा कतिलाई म्याद थप नगर्दा डिआइजीमै अवकाश जानेहरू छन् ।
समयको ख्याल नगर्ने उनकै सुस्ततामा अरु हिँडदिनुपर्ने भएपछि कांग्रेस नेता बिमलेन्द्र निधि, गृहमन्त्री रमेश लेखक, पार्टी सभापति शेरबहादुर देउवासम्म प्रधानलाई एआइजी बनाउन कुरा पुगेको थियो । तर उनको लागि एआइजी दरबन्दी थप्न पूर्व सरकारको अर्थमन्त्रीले नचाहेका कारण काम रोकिएको हो । यो कुरा डा. महतले सभापति देउवालाई परराष्ट्रमन्त्री राख्न नेता बिमलेन्द्र हुँदै गृहमन्त्रीसम्म पुगेको समाचार सूत्र बताउँछ । पैसा खर्च गर्न डराउने बिना पैसा प्रधानले स्मरण नगर्दा उनले बोकेरै हिँड्ने सूत्र समेत पछि हटेको हो । पहिले पनि प्रविण कुमार श्रेष्ठको यस्तै भएको हो ।
सशस्त्र प्रहरीका चारजना डिआइजीको म्याद थपिँदैछ । उनीहरूको म्याद नथप्ने कांग्रेस सभापति भानु देउवाका ज्वाईं एसएसपी दिपेन्द्र कुँवर होम ज्ञवालीको टोली लागे पनि सम्भव भएन । गणेश ठाडा, कमल गिरी, शम्भु सुवेदी र चन्द्र नेम्वाङको एक वर्ष थपिँदा राजु अर्यालपछि नारायणदत्त पौडेल पछि यिनै चारमध्येबाट आइजीपी बन्ने कुरा पक्कापक्की जस्तै छ । राजनीतिक पहुँचको भर नपरी त्यो सम्भव छैन । यी चारमध्ये गणेश ठाडा वरिष्ठ हुन् भने कमल गिरी दोस्रोमा पर्छन् ।