सबै नेपालीको विवरण एउटै व्यक्तिको कब्जामा, सरकार रमिते

राजनीति समाचार

काठमाडौं । नेपालीको वैयक्तिक विवरण एउटा व्यक्तिगत कम्पनीलाई दिनु कति ठीक कति बेठीक ? राज्य आफैंले यस्ता वैयक्तिक विवरण राख्न सक्दैनथ्यो ? नचाहेको कि नगरेको ? जस्तो नेपालीको नागरिकता, मतदाता परिचयपत्र, अध्यागमन लगायतका मात्र होइन बैंकिङ्ग विवरण समेत एउटा व्यक्तिगत कम्पनीको कब्जामा छन् । लोकसेवाको पाठ्यपुस्तक उसैले एप्स बनाउने तयारी गरिरहेको छ । आइटी माफिया भन्दै विकल पौडेल,सुनिल पौडेलहरु अहिले डिल्लीबजार कारागारमा सडिरहेका छन् तर आइटीकै क्षेत्रमा एक पछि अर्काे प्रोजेक्ट हत्याएर बदमासी गरिरहेका अस्गर अलीलाई कुनै कानुनले छुँदैन कारण उनी प्रधानमन्त्रीका आईटी विज्ञका रुपमा नियुक्त छन् । यस अघि प्रचण्ड प्रधानमन्त्री हुँदा उनका आइटी विज्ञको चकचकी थियो । अहिले अलीको चकचकी छ ।

उनकै कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड व्यवस्थापन, डिजिटल वालेट, अनलाइन पेमेन्ट गेटवे जस्ता सेवा दिँदै आएको छ । जहाँ ३० औं लाख नेपालीका गोप्य र व्यक्तिगत विवरण रहेको छ । सरकारका संवेदनशील र महत्वपूर्ण डाटा गैरकानूनी बाटोबाट आफ्नो कब्जामा हुनु ठीक कि वेठीक ? उनै अलीको समेत लगानी रहेको कम्पनी हो एफवान सफ्ट,जसले इसेवा र फोन पे भन्ने डिजिटर पेमेन्ट गेटवे सञ्चालन गरिरहेको छ । कसैलाई १० रुपैंया कसैलाई पठाउँदा सेवा शुल्क २ रुपैंया बढी काटिन्छ ।

त्यहाँ प्रवेश गर्नका लागि नागरिकता, फोन नम्बर र फोटो अनिवार्य छ । अर्थात तपाईको कुन कुन बैंकमा खाता छ,कुन बैैकमा कति व्यालेन्स छ भन्ने बिषय एउटा निजी कम्पनीको पहुँचमा छ । आय आर्जन सम्बन्धी विवरण, रोजगारी सम्बन्धी विवरण, जैविक विवरण र ल्याप्चे सहिछाप, हस्ताक्षर वा विद्युतीय हस्ताक्षर, राजनीतिक सम्बद्धता र निर्वाचन सम्बन्धी विवरण, व्यवसाय वा कारोबार सम्बन्धी विवरण उनै एफवान सफ्टको पहुँचमा छ । यही सफ्टवेयरबाट हालैमात्र तीन करोड ४२ लाख रुपैयाँ चोरी भएसँगै अहिले बैंकिङ्ग क्षेत्रमै हलचल पैदा भएको छ । नेपालमा रहेका बैकमध्ये अधिकांशले यही सफ्टवेयर चलाउँछन् ।

पुमोरी लगायतका सफ्टवेयर चलाउने केही बैंक छन । एफवान सफ्टले नै बनाएको फोनपे,इन्टरनेट बैङ्किङ,इसेवा वालेट र इसेवा मनी ट्रान्सफरसमेत गरेर लाखौँ ग्राहक एफवान सफ्टसँग जोडिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ रहेर नेपालीको वैयक्तिक पहुँचमा लिने उनै अस्गर अलीको कम्पनी हो यो । यही कम्पनीले नेपालका अधिकांश सरकारी वेवहरुको काम समेत गर्दै आएको छ । प्रधानमन्त्रीको आइटी सल्लाहकारको दबाबमा झण्डै झण्डै तीन महिनादेखि गुपचुप राखिएको एउटा घटना अहिले बाहिरिएको छ । सिटिजन्स बैंक इन्टरनेशनलमा रहेको खाताबाट इन्टरनेट बैकिङ प्रणालीमार्फत तीन करोड चोरी भएको हो ।

यो सफ्टवेयर सोही कम्पनीले निर्माण गरेको हो । बैंककाअनुसार एफवान सफ्टले बैंकबाट कर्पोरेट खाता सञ्चालनका लागि लिएको युजरबाटै सो सारिएको छ । सो खाताको युजर नाम र पासवर्ड खाता सञ्चालकलाई बैंकले उपलब्ध गराएको थियो । कम्पनीका अनुसार सन् २०२४ अक्टोबर १, २, ३, र ४ तारिखमा खाताबाट ह्याकरले पैसा चोरेको जनाइएको छ । राहुल ठाकुर नामक व्यक्तिको खातामा सो रकम सारिएको जनाइएको छ । यस्ता गम्भीर बिषयमा किन गम्भीर अनुसन्धान हुँदैन ? प्रश्नको बिषय हो यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *