अध्यादेशबाट सरकार चलाउने कुरामा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेको असन्तुष्टि

राजनीति समाचार

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशबाट सरकार चलाउने गरेको कुराप्रति असन्तुष्टि जनाएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो असन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरुका लागि राम्रो नभएको बताएका छन् ।

सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतकले अब सरकार अध्यादेशबाट नै चलाउने कुरा गर्दा यस बारे संसदमा गम्भीर ढंगले प्रश्न उठाउने उनले बताएका छन् । आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा भ्रम फैल्याइएको घिमिरेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *