काठमाडौं । भ्रष्टाचारीको संरक्षण र रक्षक भन्ने आरोप लागेपनि सहन बाध्य एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली आरोपमुक्त हुने प्रयासमा छन् । उनले पार्टीका बैठकहरुमा कि पार्टी छाड कि आरामको जीवन छाड भनेर निर्देशन दिएको धेरै भयो । विद्यार्थी नेताबाट पार्टीमा गएका ऐन महर माथि कानूनी कारबाही सुरु हुँदा यस्तै आरोप लागेका गुलाबजंग शाह महेश बस्नेत र जुम्लाका जंगबहादुर शाही पनि आतंकित भए ।
एमालेभित्र भ्रष्टको संरक्षण गर्नु कुनै नौलो होइन । एमालेमा निलम्बनमा परेर फुकुवा भएका ऐन महरमाथिको कानूनी कारबाहीले अध्यक्ष माथिको आरोपमुक्त हुनु हो । अरुलाई नैतिकताको पाठ सिकाउने तर पार्टीमा राजस्व छली गर्ने, तस्कर यौन लम्पटलाई संरक्षण गर्ने केपी ओलीको व्यवहारमाथि प्रश्न उठ्ने गरेको छ । केन्द्रीय सदस्य बन्ने योग्यता नचाहिने केवल ओलीबाको संरक्षण र विश्वास भए पुग्ने भएपछि एमाले पतनको बाटोमा लागेको छ । सदस्यता नवीकरण गर्नेहरु घट्दा छन् । अरु पार्टीबाट प्रवेश गर्ने अवस्था छैन ।
वामदेवलाई मर्ज गराउने भनिएको छ । नेकपा एसलाई महत्व दिइएको छैन । व्यक्ति आए योग्यता र क्षमताअनुसार कार्यक्षेत्र तोक्ने भनिएको छ । विधान सम्मेलन गरेर विधान नफेरेसम्म मर्जबाट आएकाहरुको पद छुट्टिन कठिन छ । तर ओलीले जे गर्छन त्यो पार्टी लाइन हुनाले पार्टीमा एकता छैन ।