अर्बपति चौधरीलाई किन लाग्दैन कानुन ?

राजनीति समाचार

काठमाडौं । के यो मुलुकको अदालत कानुन,न्यायलय भनेको निम्सरा वर्गका लागि मात्र हो ? होइन भने डलरे अर्वपतिहरुलाई किन छुँदैन सरकारी ऐन,कानुनन,नियम र निर्देशिकाले । प्रसङ्ग उनै डलरे अर्वपति विनोद चौधरीको कम्पनीसँग जोडिन्छ । चौधरी ग्रुपले कानुन विपरित सूर्तिजन्य पदार्थको प्रवद्र्धन गरिरहेको भेटिएको छ । सो ग्रुप अन्तर्गत रहेको ‘पर्फेक्ट ब्लेन्डस् नेपाल’ले उत्पादन गर्दै आएको ‘क्यामेल’ ब्रान्डको चुरोटको कानुन विपरित प्रवद्र्धन काठमाडौंको मुख्य ठाउँमै प्रर्वद्धन भइरहँदा समेत सरकारी निकाय भने मुकदर्शक बनेको पाइएको छ । पहुँचवालाकै कम्पनीले कानुन विपरित कार्य गरिरहेकाले सरकारका निकायहरुले नदेखेझैं गरिरहेका छन् ।

नियामक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा गृह मन्त्रालयमा कांग्रेस नेताहरु मन्त्री हुँदा चौधरीको यो गलत गतिविधि उपर केही एक्सन लिएको देखिदैन । पछिल्लो समय सत्तामा रहेको पार्टीकै सांसद्को कम्पनीले गरेको कानुन मिच्नेको काम भइरहेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मी सूर्तिजन्य पदार्थको प्रवद्र्धनलाई कानुनले निषेध गरेको बताउँदै कसैले त्यस्तो गतिविधि गरे कानुनी कारवाहीको दायरामा ल्याउने बताउँछन् । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थको प्रवद्र्धनमा रोक लगाएको छ । दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भन्दै लेखिएको छ, ‘…होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने व्यवस्था राखिएको छ ।

उसो त यही कम्पनीद्धारा उत्पादन हुँदै आएको सूर्य चुरोटले धेरै कार्यक्रमहरु प्रायोजन गर्दै आएको छ । जबकि सुर्तीजन्य पदार्थको प्रवद्र्धन वा कुनै पनि प्रायोजन गर्न निषेध लगाएको छ निर्देशिकाले । कुनै पनि सुर्तीजन्य पदार्थ र अल्कोहलिक पदार्थको विज्ञापन, प्रचार प्रसारलाई ऐनद्वारा बर्जित छ । सुर्तीजन्य पदार्थको विज्ञापन रेडियो, एफएम, टेलिभजिनका अलावा पत्रपत्रिकामा प्रकाशन वा प्रशारण गर्न सर्वोच्च अदालतले रोक लगाएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० ले उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यसको लोगो, संकेत, चिह्न, कुनैपनि तरिकाबाट प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन गर्न पाउँदैन भन्छ तर चुरोट उत्पादक रवि केसीहरुको सूर्य नेपाललाई त्यस्ता ऐन÷नियम कानुनले केही छुँदैन । अधिवक्ता ज्योति बानियाँ मदिरा र सुर्तीजन्य पदार्थको कुनै रूपबाट पनि प्रवद्र्धन, प्रोत्साहन गर्न नपाइने बताउँछन् । सर्वोच्चका न्यायाधीशत्रय कल्याण श्रेष्ठ, तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले यससम्बन्धमा आदेश नै गरेको छ । मदिरा र सुर्तीजन्य वस्तुका कारण प्रत्येक मिनेटमा ९ जनाको ज्यान जाने गरेको उल्लेख गर्दै यस्ता वस्तुको प्रायोजनमा कार्यक्रम गर्नु कानुनविपरीत भएको उनको तर्क छ ।

सूर्य नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमले उक्त कार्यक्रम प्रायोजन गरेको जवाफ दिएको छ जबकि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ र संस्थागत सामाजिक उत्तरदायित्व नियमावलीको नियम २२ को उपनियम १ र २ मा भनिएको छ, ‘सरकारी वा गैरसरकारी वा निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्सँग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राविधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादकलगायतले प्रदान गर्न पाउनेछैन ।

यसरी कानुनको बर्खिलापमा अन्तरक्रिया आयोजना गर्नेदेखि प्रचार प्रसार गर्ने डलरे अर्वपतिहरुलाई कुनै ऐन कानुनले छुँदैन । चौधरी ग्रुपका विनोद चौधरी सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट सांसद् हुन उनकै छोरा निर्वाण चौधरी म्यानेजिङ डाइरेक्टर रहेको ‘पर्फेक्ट ब्लेन्डस् नेपाल’ले कानुन मिच्दा समेत सरकारी कुनै निकायलाई त्यस उपर कारवाही गर्ने अग्रसरता देखाउदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *