काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पुन: मुद्दा दायर हुनेभएको छ ।
सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित १४ जनालाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर छुटेका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताएका छन् ।